१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सहिदको सपना पूरा भएकै छैन’

इलाम – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सहिदको सपना अझै पनि पूरा भइनसकेको बताएका छन्। 

'अब तीनै तहको निर्वाचन सम्पन्न गरेर देशलाई आर्थिक समृद्धिको मार्गतर्फ लैजानुपर्छ, अनि मात्र सहिदको सपना पूरा हुन्छ'- नेता नेम्वाङ

सहिद रत्नकुमार वान्तवाको ३८ औंँ स्मृति दिवसका अवसरमा आज बिहान ठूलो टुँडिखेल नजिकै सालिकमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सहिद वान्तवाले देखाएको बाटामा निष्ठा र दृढताका साथ अविचलित नभई लाग्न आग्रह गरे । “वान्तवा सामान्य कार्यकर्ता नभई एक कुशल, निडर, क्षमतावान् र नेतृत्वदायी व्यक्तित्व थिए”, उनले भने । 

सोही अवसरमा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सहिदको सपना अझै पनि साकार नभएकाले संविधान कार्यन्वयनमा दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिए । ‘सहिदको सपना अझै पूरा भएको छैन, अब तीनै तहको निर्वाचन सम्पन्न गरेर देशलाई आर्थिक समृद्धिको मार्गतर्फ लैजानुपर्छ, अनि मात्र सहिदको सपना पूरा हुन्छ,’ नेता नेम्वाङले भने । 

सहिद वान्तवालाई ओली सरकारले सहिद घोषणा गरेको हो । वान्तवाको जन्म २००८ साल चैत २७ गते चमैताको चित्रे भन्ने स्थानमा भएको थियो । पञ्चायती सरकारले वान्तवालाई २७ वर्षका उमेरमा चैत २७ गते नै इलामको इभाङमा गोली हानी हत्या गरेको थियो । रासस

प्रकाशित: २७ चैत्र २०७३ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App