१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एउटै डढेलोले खोटाङ र सोलुखुम्बुमा तीन घर जले

खोटाङ – जंगलबाट सुरु भएको एउटै डढेलोले खोटाङ र सोलुखुम्बुमा तीन घर जलेको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित बाबियोखर्क सामुदायीक बन र तसारे जुवारे सामुदायिक वनबाट सुरु भएको डढेलोले जलेश्वरीका सन्तोष गिरी, सोलुखुम्बु जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट भएको हो । 

खोटाङ र सोलुखुम्बुको सिमानामा रहेको वनमा शनिबार दिउँसो सुरु भएको भीषण डढेलोले साँझपख स्थानीयको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । डढेलो नियन्त्रणको प्रयासकाक्रममा जुवुका टेकबहादुर गुरुङ घाइते भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भने यतार्थ विवरण प्राप्त नभएको बताएको छ । 

घना जंगलमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ । सोलुखुम्बुको प्रहरीचौकी सुकेपोखरी र ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । डढेलोबाट बच्नका लागि कतिपय स्थानीय अग्नीरेखा बनाएर तथा घरको छानामा पानी बोकेर बसिरहेका ऐसेलुखर्कका किशोर राईले बताए । 

प्रकाशित: २७ चैत्र २०७३ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App