बालिकालाई प्रलोभनमा पारी बलात्कार गर्ने दुईजना पक्राउ

आइतबार, २७ चैत २०७३, ११ : १४ नागरिक

धनुषा – धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ । 

धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो । 

बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई प्रहरीले पक्राउ गरेको छ । 

गाउँमा आमा र आफ्नो दुई बहिनीसँग बस्दै आएकी ती बालिकालाई आफ्नै छिमेकी रहेको आरोपित दुई जनाले प्रलोभनमा पारेर पटकपटक यौनशोषण गरेको घटना बाहिर आएको हो । 

घरमा एक्लै हुँदा ती बालिकालाई छिमेकी ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डलले पटकपटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको किटानी जाहेरीमा उल्लेख गरिएको छ । 

पीडितका बुबा वैदेशिक रोजगारमा गएको तथा बालिकाको पारिवारिक पृष्ठभूमि अतिनै विपन्न रहेको छ। आफूभन्दा कान्छी दुई बहिनीलाई लिएर आमा मजदुरीमा जाने गरेको बेला उनलाई फकाइफुलाइ बलात्कार गर्ने गरेको किटानी जाहेरीमा उल्लेख रहेको छ । 

बालिकालाई कहिले चकलेट दिएर त, कहिले मिश्री दिने प्रलोभनमा आफ्नो घरमा बोलाइ सहदेवले यौनजन्य क्रियाकलाप गरेको र त्यसैगरी चलित्तर मण्डलले घरमै पसेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । 

कसैलाई केही जानकारी दिए ज्यान मार्ने धम्कीसमेत बालिकालाई दिएका आरोपीको डरले बालिकाले आमालाई समेत घटनाको विषयमा बताएकी थिइनन् । तर उनको छिमेकी अर्को बालिकाले यी सबै घटना देखेपछि पीडितकी आमालाई सुनाएकी थिइन् । 

आफ्नो छोरीसँग यस्तो क्रियालाप गर्नेलाई कारबाहीको माग गर्दै गाउँमै कुरा उठाएकी पीडितकी आमालाई पहिला गाउँका पञ्च भनाउँदाले कुरा समाजमै मिलाउन दबाब दिएका थिए । तर, पछि पीडितकी आमा नमानेर प्रहरी कहाँ जाहेरी दिएको र घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए। 

घटना भएको १४ दिनपछि प्रहरीसमक्ष उजुरी परेकाले त्यति बेला मेडिकल प्रमाणमा यौन दुव्र्यवहार भएको पाइए पनि बलात्कारका तथ्य जुटाउन गाह्रो भएको प्रहरी उपरीक्षक आचार्यले बताए । दुवै आरोपीविरुद्ध जबर्जस्ती करणीकै मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको र आरोपित दुवै जना जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । रासस 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad