१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मिनीट्रक दुर्घटना हुँदा दुुईको मृत्यु, दुई गम्भीर

नुवाकोट – नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आइतबार बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । 

बेलकोटगढी नगरपालिका–२ बाट कुखुरा बोकेर काठमाडौँ जान लागेको मिनीट्रक पासाङल्हामु सडकखण्डको सिस्नेरी नजिकै ह्याकुलेमा दुर्घटना हुँदा गाडी धनी बेलकोटगढी नगरपालिका–२ साविकको कुमरी गाविस–१ का २६ वर्षका सुदन न्यौपाने र गाडी चालक बेलकोटगढी नगरपालिका–१ साविकको बेलकोट–९ का २४ वर्षका मछिन्द्र पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

मिनीट्रक दुर्घटनामा परी दुवै जनाको घटनास्थलमा नै ज्यान गएको नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए । दुर्घटनामा परी गाडीमा यात्रारत बेलकोटगढी नगरपालिका–२ का २४ वर्षका श्रीकृष्ण न्यौपाने र २३ वर्षका राममणि न्यौपाने घाइते भएका छन् । 

गम्भीर घाइते भएका उनीहरुको ग्रिनसिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुमरीबाट कुखुरा बोकेर काठमाडौँ जान लागेको बा २ ख ४२५१ नम्बरको मिनीट्रक झ्याङ्लीपोखरी–जुरेथुम सडकखण्ड पूरा गरी पासाङल्हामु सडकखण्डमा पुगेको केही दूरीमा नै ककनी गाँउपालिका–४ ह्याकुले भन्ने स्थानमा दुर्घटना भएको थियो । 

रातको समयमा आफैँ अनियन्त्रित भएर गाडी सडकबाट २०० मिटर तल पुगेको थियो । दुर्घटनाबाट गाडी पूर्णरुपमा क्षति भएको छ भने करिब रु दुई लाखको कुखुरा पनि नष्ट भएको छ । रासस 

प्रकाशित: २७ चैत्र २०७३ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App