१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजिप्टमा सयौं मानिस बलपूर्वक बेपत्ता बनाइएको एमनेस्टिको भनाई

कायरो–इजिप्टका सैन्य अधिकारीहरुले सयौं इजिप्टियन नागरीकलाई बलपूर्वक बेपत्ता बनाएको तथा याताना दिएको एमनेस्टि इन्टरनेशनलले जनाएको छ। सरकारका तर्फबाट बेपत्ता पारिएकाहरु मध्ये अधिकाशं विद्यार्थी र  सरकार विरोधी प्रर्दशनमा उत्रिएका केही नेता तथा कार्यकर्ताहरु रहेका छन्। बेपत्ता पारिएका मध्ये केहीको उमेर १४ वर्षभन्दा कम रहेको पनि एमनेस्टिले जनाएको छ।

एमनेस्टिका मध्यपूर्व तथा नर्थ अमेरिका निर्देशक फिलिप लुथरले सैन्य अधिकारीहरुले बलजफ्ती सर्वसाधरणको घरमा छापा मार्नुका साथै निर्दोष मानिसलाई बलपूर्वक आफ्नो नियन्त्रणमा लिएर मानसिक तथा शारीरिक यातना दिइने गरेको बताए। उनले इजिप्टमा सरकारी पक्षबाट देैनिक सरदर तीनदेखि ४ जना मानिस बेपत्ता पारिएको बताए। एमनेस्टिले मानिसहरुलाई महिनौंसम्म बन्धक बनाइने र उनहरुलाई आखाँमा पटट्ी बाँध्नुका साथै हात बाँधेर यातना दिने गरेको पनि जनाएको छ।

यता इजिप्टको सरकारले भने आफ्नो नागरिक बेपत्ता पारिएको र यातना दिएको भन्ने समाचारको खण्डन गर्दै आएको छ। इजिप्टका आन्तरिक मामिला मन्त्री म्याक्दे अब्दुल गाफरले आफ्ना सुरक्षाकर्मीहरुले त्यहाँको कानुनभित्र रही राष्ट्रविरुद्ध पर्दशनमा उत्रिएका र दंगा फैलाउनेलाई मात्र नियन्त्रणमा लिएको बताएका छन्।

सन् २०१३ मा राष्ट्रति मोहम्मद मोर्सीको सरकारलाई हटाउँदै सैनिक प्रमुख अब्दुल फताहा अल सीसी सरकारको नेतृत्वमा आएपछि त्यहाँ सरकार विरोधी प्रर्दशनहरु भैरहेका छन्। उक्त प्रर्दशनका झममा एक हजार मानिसको ज्यान जानुका साथै ४० हजारभन्दा बढीलाई कैद गरिएको अनुमान गरिएको छ।

 

 

प्रकाशित: २९ असार २०७३ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App