कुन प्रदेशमा कति मतदाता ?

आइतबार, २७ चैत २०७३, ०८ : ०१ भाषा शर्मा  | @sb_language

काठमाडौं- निर्वाचन आयोगमा दर्तामध्ये सबैभन्दा धेरै मतदाता प्रदेश नम्बर ३ मा छन्। सात प्रदेशमध्ये राजधानी काठमाडौंसमेत रहेको ३ नम्बर प्रदेशमा मतदाताको संख्या धेरै देखिएको हो। तीन नम्बरमा एक सय १९ वटा एकाइ (गाउँ/नगर/उपमहानगर र  महानगरपालिका) छन्।

प्रदेश नम्बर तीनमा २७ लाख ६० हजार एक सय ८२ मतदाता छन्। त्यसैगरी प्रदेश नम्बर १ दोस्रो मतदाता संख्या देखिएको छ। प्रदेश नम्बर १ मा २६ लाख ७४ हजार पाँच सय ६३ जना मतदाता छन्।

तेस्रोमा प्रदेश नम्बर २ देखिएको छ। २ नम्बर प्रदेशमा २६ लाख ६४ हजार सात सय ९२ मतदाता छन्। मतदाता संख्यामा तेस्रोमा रहेको प्रदेश २ मा एकाइ भने एक सय २७ वटा छन्। प्रदेश २ मा सबैभन्दा धेरै मतदाता रहेको प्रदेश ३ भन्दा आठ गाउँपालिका बढी छन्। तर, मधेस केन्द्रित दलले जनसंख्याका आधारमा प्रतिनिधित्व खोजिरहँदा अन्य प्रदेशमा भन्दा बढी देखिएको छ।

सात वटा प्रदेशमध्ये सबैभन्दा कम मतदाता ६ नम्बर प्रदेशमा छन्। यहाँ आठ लाख सात हजार नौ सय चार मतदाता छन्। प्रदेश ६ मा गाउँपालिका, नगरपालिका गरी ८२ वटा एकाइ छन्।

प्रदेश नम्बर ५ मा २२ लाख ४६ हजार ९ सय ९४ मतदाता छन्। जहाँ ९९ वटा एकाइ तोकिएका छन््।

आयोगका अनुसार प्रदेश नम्बर ४ मा १५ लाख ९६ हजार तीन सय ३३ जना मतदाता छन्। त्यस प्रदेशमा ९२ वटा एकाइ तोकिएको छ।

प्रदेश नम्बर ७ मा १३ लाख तीन हजार सात सय १४ जनता मतदाता छन्। जहाँ ८८ वटा गाउँपालिका, नगरपालिका छन्।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad