भारतबाट ६ अर्बको खाद्यन्न आयात

शनिबार, २६ चैत २०७३, १६ : ३९ टेकेन्द्र बस्याल

कोहलपुर– नेपालगन्ज भन्सार नाका हुँदै भारतबाट चालू आर्थिक वर्ष २०७३/०७४ को आठ महिनाको अवधिमा ६ अर्ब ६९ करोड ३५ लाख ६५ हजार मूल्य बराबरको खाद्यनन आयात भएको छ। क्षेत्रीय प्लाण्ट क्वारेन्टाइन कार्यालय नेपालगन्जका अनुसार तरकारी, फलफूल, खाद्यन्न, जडिबुटीसहित उक्त मूल्य बराबरको सामान आयात भएको हो। 

कार्यालयका अनुसार भारतबाट चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म तरकारी, मकै, प्याज र घाँसको बीउ बिजन ३९ लाख २८ हजार, बोटबिरुवा ७ हजार, ताजा तरकारी २४ करोड ४५ लाख ७५ हजार, ताजा फलफुल १८ करोड १३ लाख २५ हजार मूल्य बराबरको आयात भएको छ। यस्तै गहुँ, मकै जौ ८६ करोड ७४ लाख ९५ हजार, चामल, दाल, पिठो, सोया ४ अर्ब १५ करोड १३ लाख ७५ हजार र  चना, मटर, मास, मुग, राज्मा दाल छ करोड ८ लाख १५ हजार मूल्यको आयात भएको छ । यस्तै, तोरी र बदामको तेल ३६ करोड ६१ लाख २३ हजार, आलु ८० करोड ९२ लाख ३१ हजार र लसुन ९६ लाख ८८ हजार मूल्यको आयात भएको छ। 

क्षेत्रीय प्लाण्ट क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख थमनबहादुर कार्कीका अनुसार नेपालबाट ५४ करोड ११ लाख ७४ हजार मूल्य बराबरको खाद्यन्न, जडिबुटी निकासी भएको छ। नेपालगन्ज भन्सार हुँदै भारततर्फ प्रशोधित पिठो २७ लाख तीन हजार, पिना, चुन्नीभुसा १४ करोड ७१ लाख ८८ हजार मूल्यको निकासा भएको छ। यस्तै वनपैदावर जडिबुटी ३५ करोड ४३ लाख ४९ हजार, दालचिनी, तेजपात ३ करोड ५३ लाख दुई हजार र प्रशोधित सुठो १६ लाख ३२ हजार मूल्य बराबरको निर्यात भएको छ। भारतबाट आयात हुने खाद्यन्न, तरकारी, फलफुल र जडिबुटी भन्दा नेपालबाट जम्मा दुई प्रतिशत मात्र निर्यात हुँदै आएको छ । 

 








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad