१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कश्मिरमा भीषण हिमपात, जनजीवन कष्टकर बन्दै

फाइल फाेटाे

नयाँ दिल्ली –  कश्मिरमा भएको भीषण हिमपात र पहिरोमा परी ४ सुरक्षाकर्मीको मृत्यु भएको छ भने कैयाैँ घाइते भएका छन्। कश्मिरको राजधानी श्रीनगर वरिपरिका अधिकांश भाग डुबान परेको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ । 
भारी वर्षाका कारण ठाउँ ठाउँमा हिम पहिरो गएको छ । १३ वर्ष पछि असामयिक रुपमा भएको हिमपातको कारण राजधानी श्रीनगर लगायत आसपासका सम्पूर्ण शैक्षिक संस्था तथा श्रीनगर जम्बु रेल सेवा तीन दिनका लागि बन्द भएको छ । 
लगातारको हिमपात तथा वर्षाका कारण पुनःस्थापना कार्यमा समेत प्रभाव पारेको छ । यसअघि सन् २००४ को मे मा पनि भीषण हिमपात भएको थियो । 
वर्षा तथा हिमपातले पञ्जाव, हरियाणा, सिक्किम, विहार लगायतका अन्य १४ राज्यहरूमा समेत जनजीवन कष्टकर बनेको छ ।  
 

प्रकाशित: २५ चैत्र २०७३ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App