१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

'रेडियो र टेलिभिजन सञ्चालन गर्न अधिकार प्राप्त निकाय आवश्यक'

काठमाडौं- सूचना तथा सञ्चार मन्त्री सुरेन्› कार्कीले रेडियो र टेलिभिजन सञ्चालन अनुमति तथा नियमनका लागि छुट्टै निकाय आवश्यक रहेको बताएका छन्। प्रविधि पत्रकार मञ्चले आयोजना गरेको 'डिजिटलाइजिङ टेलिभिजन' विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले उक्त धारणा राखेका हुन्। उनले टेलिभिजन र रेडियो सञ्चालनको अनुमति तथा नियमन मन्त्रालयबाट गर्न सम्भव नभएको भन्दै अधिकार प्राप्त निकाय गठन गर्नुपर्नेमा जोड दिए।

सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्› ढकालले आगामी वैशाख १५ देखि पहिलो चरणमा काठमाडौं, ललितपुर, पोखरा तथा विराटनगरमा एनालग टेलिभिजनलाई डिजिटल प्रणालीमा लैजान बताए। डिजिटल प्रणालीसँगै घरमा भएको एनालग टेलिभिजन काम नलाग्ने भन्ने कुरा भ्रम भएको उनको भनाइ छ। उनले पुरानो टेलिभिजनमा पनि सेट टप बक्स राखेर डिजिटल प्रविधिमा टेलिभिजन हेर्न सकिने बताए।

हाल मन्त्रालयसँग टेलिभिजन प्रयोगकर्ताहरुको सही तथ्यांक छैन। करिब ६० लाखभन्दा बढी टेलिभिजन प्रयोगकर्ता भएकोमा सम्बन्धित व्यवसायीहरुसँग २५ लाखमात्र डाटा भएको उनले बताए। डिजिटल प्रणालीमा गएपछि उनीहरुको सहि तथ्यांक आउछ। त्यस्तै ग्राहकलाई केबल वितरकले दिने सेवा सुविधा, उनीहरुको आम्दानी तथा ग्राहकको संख्याको समेत विवरण हुन्छ। जसले गर्दा सरकारको राजस्वमा वृद्धि हुन्छ।

डिजिटल टेलिभिजनमा सेवाग्राहीले उही मूल्यमा स्पष्ट श्रव्य दृष्यसहितको टेलिभिजन हेर्न सक्नेछन्। त्यस्तै आफ्नो आवश्यकता तथा इच्छा अनुसारको च्यानलमात्र हेर्न सक्ने नेपाल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए। आफूले नहेर्ने च्यानलको पैसा तिर्नु पर्दैन। त्यसैगरी आफूलाई मन परेको कार्यक्रम रेकर्ड गरेर फुर्सदको समयमा हेर्न पनि सकिने छ।

सामान्य टेलिभिजनमा समेत गुणस्तरीय दृष्य हेर्न र अडियो सुन्न पाउनु यस प्रविधिको सबैभन्दा महŒवपूर्ण विशेषता हो। यस प्रविधिमा अनलाइन प्रयोगबाट टेलिभिजनबाटै म्यासेज आदान प्रदान, युट्युब लगायतबाट अनलाइन च्यानल हेर्न, अनलाइन गेम खेल्न, अनलाइन सपिङ गर्न समेत सकिन्छ।

प्रकाशित: २५ चैत्र २०७३ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App