१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नदीमा सेल्फी लिन लाग्दा किशोर वेपत्ता

बर्दिया – बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १६ वर्षीय बालक बेपत्ता भएका छन्। 

बर्दियाको राजापुर र कैलालीको सत्तीघाटलाई जोड्ने कर्णाली पुलमा नुहाउँदै गरेको फोटो (सेल्फी) खिच्दै गर्दा पानीमा खसेर राजापुर–११ बस्ने रुपेश श्रेष्ठ बेपत्ता भएका हुन् । 

हिजो दिउँसो साढे १ बजेतिर साथीसँगै छोरो घरबाट निस्केको बालकको बुबा राजु श्रेष्ठले बताएका छन् । उनी श्रेष्ठका जेठा छोरा हुन् । 

बालक नदीमा खसेको खबर पाउनासाथ आफूहरु घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बलबहादुर थापाले बताए । 

अहिले इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक थापा र शसस्त्र प्रहरी बल राजापुरका सहायक निरीक्षक मानबहादुर चौधरीको नेतृत्वमा खटाइएको टोलीले बेपत्ता बालकको खोजी कार्य गरिरहेको र अहिलेसम्म फेला पार्न नसकेको बताइएको छ । रासस 

प्रकाशित: २४ चैत्र २०७३ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App