१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भेटियो लिच्छविकालीन अभिलेख

काठमाडौं- काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा लिच्छविकालीन अभिलेख भेटिएको छ। पुरातत्व विभागले अनुसन्धानको क्रममा उक्त अभिलेख फेला पारेको हो। भकुन्डेबेसीको मुख्यबजार नजिकै एक स्थानीय मन्दिरमा नयाँ चतुर्मुखी शिवलिंगसहित दुई तहको ढुंगाको जलहरीको पिठमा अभिलेख फेला परेको विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाले जानकारी दिए।

‘पहिला उक्त ठाउँमा ऐतिहासिक महत्वको मन्दिर रहेछ। विडम्बना! संरक्षण नहुँदा मन्दिर भग्नावशेषमा परिणत भई काडाँघारी बन्न पुगेको थियो,’ स्थानीय समेत रहेका अनुसन्धान अधिकृत लामाले भने, ‘केही वर्ष पहिले गाउँलेहरुले उक्त मन्दिरको स्तरोन्नति गरेका थिए।’

उक्त लिच्छविकालीन अभिलेख वि.सं. ७५० सालतिरको भएको अनुमान गरिएको छ। विभागले अभिलेखलाई मन्दिरमा सुरक्षित राखेको छ। अभिलेखमा लेखिएका कुरालाई अनुवाद गरेर विभागको मुखपत्र प्राचीन नेपालमा समेत प्रकाशन गर्ने तयारी गरिएको छ। अभिलेखमा ऐतिहासिक कुराहरु लेखिएको हुन सक्ने अनुमान विभागका प्रमुख अनुसन्धान अधिकृत श्यामसुन्दर राजवंशीले गरे। उनका अनुसार विभिन्न अनुसन्धानको क्रममा २ सयभन्दा बढी अभिलेख फेला परेका छन्। भेटिएका अभिलेखलाई संरक्षण गरेर राखिएको विभागले जनायो।

प्रकाशित: २४ चैत्र २०७३ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App