१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामा विषालु ग्यास आक्रमण १८ जनाको मृत्यु

बेरुत–विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका छन्।

सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले उनीहरु इडलिब प्रदेशको खान सेइखुनमा मारिएको जनाएको छ। ग्यास आक्रमणमा परी अन्य धेरैजनालाई स्वासप्रश्वासमा समस्या भएको जनाइएको छ। 

बेलायतस्थित अनुगमनकर्ताको समुहले घटनाको सम्पूर्ण विवरण भने पाउन नसकिएको बताएको छ। सो समुहले सूचना सङ्कलनका लागि सिरियामा आफ्नो संयन्त्र परिचालन गरेको छ। 

आक्रमणबाट पीडितले बान्ता गर्ने र मुखमा फिँज आउने समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। 

इडलिब प्रदेश अलकायदाका पूर्वलडाकुहरु संलग्न रहेको फेतह अल साम फ्रन्टको नियन्त्रणमा रहेको छ। त्यसैले सो क्षेत्रमा ती लडाकुलाई लक्षित गरी निरन्तर हवाई आक्रमण हुने गरेका छन्। रासस/एएफपी

प्रकाशित: २२ चैत्र २०७३ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App