१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

'नेपालको अार्थिक सम्वृद्धिको अाधार पर्यटन उद्योग'

टोकियो—नेपालको आर्थिक सम्वृद्धिका लागि पर्यटन व्यवसाय प्रभावकारी माध्यम भएको निष्कर्ष सम्बन्धित क्षेत्रका विज्ञहरुले निकालेका छन्।सुदुरपश्चिमेली नेपाली समाज जापानद्वारा आइतबार टोकियोको इचिगाया स्थित जाईका केन्द्रमा आयोजित 'नेपालको आर्थिक समृद्धिको लागि पर्यटन' विषयक एक कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरुले यस्तो निष्कर्ष निकालेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावासका प्रतिनिधि रेवन्त केसीले नेपालको पर्यटनका लागि दुतावासले पनि पहल गरिरहेको बताउँदै सबै क्षेत्रबाट प्राथमिकता दिनुपर्ने उल्लेख गरे।

गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन व्यवसायमा लामो अनुभव संगालेका पर्यटन व्यवसायी सञ्जीव खनालले पर्यटन प्रबर्द्धनका लागि नेपालका पर्यटकीय स्थलहरुको बारेमा वेबसाइट निर्माणमा जोड दिए। खनालले ८३ प्रतिशत पर्यटकहरु इन्टरनेटका माध्यमद्वारा भित्रिरहेको उल्लेख गर्दै नेपालका सम्भावित पर्यटकीय स्थलहरु अझै ओझेलमा परिरहेको टिप्पणी गरे।

स्वास्थ्य पर्यटनमा अनुभवी बिष्णु खनालले स्वास्थ्य पर्यटनले भारतीय पर्यटकलाई आकर्षण गर्न सकिनेमा जोडदिदै  चीन र भारतलाई मात्र लक्षित गरि पर्यटन प्रबर्धन गर्नसके नेपालको आर्थिक समृद्धिमा प्रभाव पुग्ने उल्लेख गरे।

पर्यटनसम्बन्धी अनुभव संगालेका आशिष रावलले सुदुरपश्चिमको पर्यटकीय स्थलहरुको बारेमा चर्चा गरे भने भुवन शंकर भट्टले सुदुरपश्चिमकै दार्चुला जिल्लाको पर्यटकीय संभावनाहरुको अध्ययन गरि बनाइएको आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।

पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका विश्वेश्वर रेग्मीले श्रीलंका पर्यटन व्यवसायले समृद्ध बनेको टिप्पणी गर्दै जापनिज पर्यटकलाई नेपालप्रति आकर्षित गराउन सकिने संभावित माध्यम सहितको आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावासका प्रतिनिधि रेवन्त केसीले नेपालको पर्यटनका लागि दुतावासले पनि पहल गरिरहेको बताउँदै सबै क्षेत्रबाट प्राथमिकता दिनुपर्ने उल्लेख गरे।

पर्यटन दुत तथा एनआरएनए जापानका महासचिब अनुज थापाले नेपालको पर्यटन प्रबर्द्धनका लागि जापानका सबै संघ संस्था संग सहकार्यको खाँचो औल्याए। अन्तर्राष्ट्रिय सुदुरपश्चिमेली नेपाली समाजका अध्यक्ष भरत नेगीले नेपालको आर्थिक समृद्धिको प्रभावकारी क्षेत्र पर्यटन व्यवसाय भएको धारणा राखे । 

कार्यक्रम आयोजक संस्था सुदुरपश्चिमेली समाज जापानका अध्यक्ष पूर्ण चलाउनेले समाजले पर्यटन प्रबर्द्धनका कार्यक्रमलाई जोडदिने बताए । कार्यक्रममा विभिन्न संघ ,संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित: २२ चैत्र २०७३ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App