१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जंगली हात्तीको अाक्रमणबाट दुई जनाको मृत्यु (अपडेट)

हनुमान नगर बजार क्षेत्र पसेको जंगली हात्ती। तस्विरः जितेन्द्र

राजविराज— जंगली हात्तीको आक्रमणबाट सप्तरीमा दुई जनाको मृत्यु भएको छ।  मंगलवार बिहान हात्ती आक्रमणमा घाइते भएका सप्तरीको हनुमाननगर बजारका सात जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको  हो।

प्रहरी तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा धपाइएको हात्ती अहिले भारदह क्षेत्रमा छ। हात्तीले सो क्षेत्रमा अवरोध गरेपछि पूर्व पश्चिम राजमार्ग करिब आधा घण्टा अवरुद्ध भएको छ।

मृत्यु हुनेमा हनुमाननगर–४ का रौशन झा रहेका छन्। अन्दाजी २२ वर्षका झा तथा ३० वर्षीय सञ्जय साफीको उपचारका क्रममा धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी अनुराग द्विवेदिले नागरिकन्युजलाई बताए। 

घाइते मध्ये तीनको अवस्था अझै गम्भीर रहेको छ। गम्भीर घाइते हुनेहरुमा हनुमाननगर–२ का सञ्जीब साह, वडा नम्बर ४ का कालिचरण साह तथा अर्का एक जना छन्। उनीहरुको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको हो।

कोसीटप्पु बन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले मंगलवार विहान सप्तरीको हनुमाननगर बजार क्षेत्रमा आतंक मच्चाएको थियो। बिहान साढे ९ बजेतिर एक्कासि जंगली हात्ती बजार पसेपछि उक्त क्षेत्रमा भागाभाग भएको थियो। 
कोसी नदीको छेउमै रहेको हनुमाननगर बजार सप्तरीको पुरानो सदरमुकाम हो। कोसी नदी हुँदै हात्ती त्यहाँ आईपुगेको स्थानियहरुले जनाएको छ। 

बिहानैदेखी हाती बजार क्षेत्रमा प्रबेश गरेपछि स्थानीयबासी आतंकित भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी लक्ष्मीराज अधिकारीले जानकारी गराए। 

प्रहरी तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा धपाइएको हात्ती अहिले भारदह क्षेत्रमा छ। हात्तीले सो क्षेत्रमा अवरोध गरेपछि पूर्व पश्चिम राजमार्ग करिब आधा घण्टा अवरुद्ध भएको छ।

प्रकाशित: २२ चैत्र २०७३ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App