१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस माओवादी केन्द्रबीच यसरी भयो सहमति

लाहान–सोमबार नेपाली कांग्रेस नेतृत्व र माओवादी (केन्द्र) नेतृत्वबीच नयाँ सत्तागठबन्धनबारे घनीभूत छलफल भयो । पछिल्लोपटक आफ्नो निर्णयबाट ‘ब्याक’ भएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच दुरी बढेको थियो । यो दुरी कम गर्न मधेसी दलकै एक नेताले भूमिका खेलेको स्रोतको भनाइ छ ।

‘ती मधेसी नेताले दाहाल र देउवाबीचको छलफललाई सहमतिमा परिणत गराउने वातावरण बनायो,’ स्रोतले भन्यो, ‘त्यसपछि दाहाल र देउवाबीच विश्वासनीय वातावरण बन्यो । छलफलमा सत्ता हस्तान्तरणका लागि प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्ने सहमति भयो ।’
स्रोतका अनुसार सोमबारै देउवा र दाहालबीच सातबुँदे सहमतिपत्रको मस्यौदा तयार भएको थियो । ‘सोमबारै तयार पारिएको ड्राफ्टलाई गोप्य राखियो,’ स्रोतले भन्यो ।

मंगलबार नेकपा माओवादी (केन्द्र) ले सरकारबाट समर्थन फिर्ता लिएको निर्णय ग¥यो, सँगै आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने भन्यो । सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत माओवादी (केन्द्र) का नेता कृष्णबहादुर महराले कांग्रेस र माओवादी (केन्द्र) बीच भएको सहमति बुधबारसम्म सार्वजनिक हुने उल्लेख गरे । उनले दुवै पार्टीबीच सहमति भएको पुष्टि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे ।
यद्यपि उनले सहमतिका बुंँदा भने सार्वजनिक गरेनन् ।

कांग्रेस सभापति देउवा र माओवादी केन्द्र अध्यक्ष दाहालको हस्ताक्षर रहेको सहमतिपत्रको पहिलो बँुदामा भनिएको छ, ‘नेपालको संविधानबारे देशभित्र देखा परेका असन्तुष्टि, तराई मधेसमा भएको आन्दोलन, थारुलगायत सबै आदिवासी जनजातिका अधिकारसम्बन्धी सवालसमेतलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमांकनलगायत विषय सम्बोधन गर्न आवश्यक संशोधन गरी संविधानको सर्वस्विकार्यताका लागि राजनीतिक सहमतिको वातावरण वनाइनेछ ।’

मोर्चास्रोतका अनुसार कांग्रेस र माओवादी (केन्द्र) बीचको सत्तासमीकरणमा मधेसी दललाई समर्थन जनाउने आधार पहिलो प्राथमिकता बन्नेछ ।
कांग्रेस नेता एवं सांसद गणेश मण्डलले नयाँ सरकारमा कांग्रेस सहभागी हँुदा मधेसको मुद्दा सम्बोधनलाई नैतिक रुपमा प्राथमिकतामा राख्नेछ । कारण मधेसको जायज मुद्दा संविधानमा आवश्यक संशोधन गरी समाधान गर्ने पक्षमा वर्तमान कांग्रेस नेतृत्व पहिलेदेखि सक्रिय रहेको उनको भनाइ छ ।

 

प्रकाशित: २९ असार २०७३ ००:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App