२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लोन्ली प्लानेटको 'बेस्ट भ्यालु' गन्तव्यमा नेपाल पहिलो

फोक्सुन्डो ताल। फाइल तस्विरः चन्द्रशेखर कार्की

काठमाडौं- विश्वको सबैभन्दा ठूलो ट्राभल गाइड कम्पनी ‘लोन्ली प्लानेट’ ले नेपाललाई सन् २०१७ का लागि बेस्ट भ्यालु (खर्च गरेको पैसा खेर नजाने) गन्तव्यमा पहिलो नम्बरमा राखेको छ। कम्पनीको वेबसाइटले सार्वजनिक गरेको विश्वका १० उत्कृष्ट पैसा खेर नजाने गन्तव्यमा नेपाल पहिलो स्थानमा परेको हो।

कम्पनीको वेबसाइटले सार्वजनिक गरेको विश्वका १० उत्कृष्ट पैसा खेर नजाने गन्तव्यमा नेपाल पहिलो स्थानमा परेको हो।

५० अमेरिकी डलरमा एक दिन बिताउन सक्ने भन्दै विश्वको प्रभावशाली ट्राभल गाइड वेबसाइटले नेपालमा प्रसिद्ध ट्रेकिङ रुटको छनौट अवसर समेत रहेको जनाएको छ।

भारतीय नाकाबन्दी र भूकम्पका कारण पर्यटकको संख्यामा कमी आए पनि नेपाल अहिले सामान्य अवस्थामा रहेको उल्लेख गर्दै कम्पनीले भनेको छ, 'पर्यटकको संख्या विस्तारै बढ्दै गएको छ तपाइँ नेपालका जुनसुकै पहाडहरुमा गए पनि न्यानो स्वागत पाउन सक्नुहुनेछ।'

बेस्ट भ्यालु गन्तव्यको सूचीमा दोस्रो नम्बरमा नामिबिया छ।  तेस्रो पोर्चुगल, चौथो इटाली, पाँचौं हंगेरी, छैठौं बेलिज, सातौं मोरक्को, आठौं रुस, नवौं अस्ट्रेलिया र दसौंमा अमेरिका परेका छन् । लोन्ली प्लानेटले विश्वभर विभिन्न गन्तव्य घुमेका पर्यटकहरूको प्रतिक्रियालाई आधार मानेर सूची सार्वजनिक गरेको हो। 

प्रकाशित: २१ चैत्र २०७३ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App