१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हिन्दीलाई राष्ट्रिय भाषा मान्न सकिँदैन: डा.कोइराला

कांग्रेस नेता डा.शेखर कोइराला। फाइल तस्विर

काठमाडौं—भाषाको व्यवस्था परिवर्तन गर्न संविधान संशोधनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले हिन्दीलाई राष्ट्रिय भाषा मान्न नसकिने बताएका छन्। कांग्रेस पर्सा क्षेत्र नं.२ को सम्मेलनलाई सम्बोधन गर्दै उनले तराईको सम्वेदनशीलता काठमाडौले कहिल्यै पनि नबुझ्दा समस्या अझ जटील बन्दै गएको बताए।

'तराई-मधेसलाई नेपालमै पर्छ र यहाँका जनता नेपाली नै हून भन्ने कूरा काठमाडौले नबूझी मधेसीको राष्ट्रियतामा सधैँ शंका गर्ने गरेको छ', उनले भने।

'तराई-मधेसलाई नेपालमै पर्छ र यहाँका जनता नेपाली नै हून भन्ने कूरा काठमाडौले नबूझी मधेसीको राष्ट्रियतामा सधैँ शंका गर्ने गरेको छ', उनले भने।

अंगिकृत नागरिकता प्राप्त व्यक्ति राज्यको सम्वेदनशील पदमा पूग्नै नसक्ने भन्दै उनले हिन्दीलाई राष्ट्रिय भाषा मान्न नसकिने जनाए।

तराईलाई कांग्रेसले मात्र बचाउन सक्ने भन्दै उनले निर्वाचनमा पार्टीका उम्मेदवार हराउन लाग्नेहरूलाई पार्टीले कडा कारबाही गर्ने चेतावनी दिए।

उनले स्थानीय निर्वाचनमा इमान्दार भएर लाग्न कार्यकर्ताहरूलाई आग्रह समेत गरे। कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अजय चौरसिया,पर्शा कांग्रेसका सभापती अजय दूवेद्वी,सांसदहरू-राजेन्द्र अमात्य,सूरेन्द्र चौधरी,पूर्व सांसद शोभाकर पराजूली,नेत्रृ रिता खनाल, तरूण दल केन्द्रिय सदस्य बिरेन्द्र पटेल लगायतले मन्तब्य राखेका थिए।

प्रकाशित: २१ चैत्र २०७३ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App