१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले संविधानसम्मत समाधान खोज्ने

काठमाडौं- नेकपा एमाले स्थायी कमिटि बैठकले नेकपा (माओवादी केन्द्र) ले सरकारको समर्थन फिर्ता लिने निर्णयले देशलाई राजनीतिक अस्थिरता ल्याउने र संविधान कार्यान्वयनमा गंभीर प्रतिकूलता उत्पन्न ठहर गरेको छ। माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि एमालेको बैठक बसेको थियो।

माओवादीले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक समस्याको संविधानसम्मत समाधान खोज्ने पनि एमालेले निर्णय गरेको छ।

 

'सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने नेकपा (माओवादी–केन्द्र) को निर्णय देशका लागि दुर्भाग्यपूर्ण छ', बैठक पछि महासचिव इश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा माओवादीको यो निर्णयले दुर्भाग्यपूर्ण भएको एमालेले ठहर गरेको छ।  सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधिनता, स्वाभीमान, राष्ट्रिय हितको रक्षा,आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तराष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चिनको भ्रमणका क्रममा भएका उपलब्धिलाई समेत माओवादी निर्णयले आँच पुर्याउन सक्ने एमालेले बताएको छ।

नेकपा (एमाले) जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अगाडि बढाइएका अग्रगामी र जनपक्षीय सामाजिक आर्थिक कार्यक्रमहरुको पक्षमा दृढतापूर्वक अगाडि बढ्ने स्थायी कमिटिले निर्णय लिएको छ।

 

 

प्रकाशित: २८ असार २०७३ १६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App