१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा डुङ्गा पल्टिँदा ४ को मृत्यु १६ बेपत्ता

फाइल फाेटाे

इस्लामाबाद – पाकिस्तानको दक्षिणी नाउसाह्रो फेरोज जिल्लामा सोमबार बिहान डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य १६ जना हराइरहेका छन् । 

दक्षिणी सिन्ध प्रान्तको केती बागैन क्षेत्रमा गहुँबाली स्याहार्नका लागि जाँदै गरेका मजदुर चढेको डुङ्गा इन्दुस नदीमा दुर्घटना भएको हो । 

उद्धारकर्ताहरुले चार वटा शव निकालेका छन्, भने अरु १६ जनाको खोजी भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

डुङ्गा दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट हुनसकेको छैन । यस वर्ष इन्दुस नदीमा डुङ्गा दुर्घटना भएको यो दोस्रो पटक हो । 

यसअघि गत फेब्रुअरीको सुरुमा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको थियो । 
इन्दुस नदीको किनारमा बस्ने बासिन्दाले प्रायःजसो डुङ्गाको प्रयोग गर्ने गर्दछन् । रासस/सिन्ह्वा 

प्रकाशित: २१ चैत्र २०७३ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App