१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोलम्बियामा मृत्यु हुनेको सङ्ख्या २५४ पुग्यो

कोलम्बिया – कोलम्बियामा विनाशकारी पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या २५४ पुगेको छ । 

मोकमोआमा भएको घटनामा परी मृत्यु भएकामध्ये ४३ जना बालबालिका रहेका छन् । अन्य २०० जना घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको प्रकोप फैलिनसक्ने भएकाले पूर्व सतर्कता अप्नाउन आह्वान गरेका छन् ।राष्ट्रपति जोन म्यानुअल सान्तोषले ठूलो स्वास्थ्य समस्या देखिनसक्ने भन्दै पानी र औषधिको तत्कालीन व्यवस्था गर्न निर्देशन दिएका छन्। 

विद्युत् र खानेपानीको सेवा अहिलेसम्म पनि सुचारु हुन सकेको छैन । विद्युत् वितरणका संरचना फेरि बनाएर विद्युत् सुचारु गर्न अझै केही दिन लाग्ने स्थानीय अधिकारीले बताएका छन् । 
तत्कालका लागि भने त्यहाँ बोतलको पानीको व्यवस्था गरिदैँछ । 

सरकारसँग ऐतिहासिक शान्ति प्रक्रियामा रहेको बामपन्थी विद्रोही समूह रिभोलुस्नरी आर्मड फोर्स अफ कोलम्बिया (एफएआरसी)ले पनि विपद्मा परेकालाई अनपेक्षित सहयोग गरेका छन् । 

उनीहरुले बाढीपहिरोले क्षतिग्रस्त ठाउको पुनःनिर्माणका लागि पनि योजना बनाइरहेको बताएका छन् । स्थानीय बासिन्दाले विपद्का लागि कुनै पूर्व तयारी नभएको बताएका छन् । 

गत शुक्रबार अबेर भिषण वर्षा भएपछि बाढीपहिरोको सामान्य चेतावनी भने दिइएको थियो । पहिरोले हजारौ घर, पुल, सवारी साधन, रुख ढलाएको तथा बगाएको छ । 

राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइका निर्देशक कार्लोस इभान र्माक्वीजले मोकोआ नदीमा पानी बढेर पहिरो आएको बताए । विशाल हिमपहिरोका कारण मोकोआ नदीमा ठूलो बाढी आएको उनको भनाइ छ । 

राष्ट्रपति सान्तोषले त्यो नदीमा केही पहिनादेखि बेला बेलामा यस्तो बाढी आउने गरेको र नदी वरिपरी बसोवास गर्नेहरुलाई सतर्क रहन भनिए पनि अनपेक्षित बाढी आएको बताए । 

उनले यस दुःखको घडीमा पीडित सबैलाई सरकारले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । “हामी सबै बाढिपहिरो पीडितको साथमा छौं, हामी तपाईहरुको लागि प्राथना गरिरहेका छौं” उनले भने। 

कोलम्बियामा बेला बेलामा यस्ता बाढिपहिरोका कारण सयौंको मृत्यु हुने गरेको छ । सन् २०११ यता यस पटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको अधिकारीहरुले जनाएका छन् । 

गत नोभेम्बरमा दक्षिणी पश्चिमी क्षेत्रमापर्ने इल टम्बोमा आएको पहिरोमा परी ९ जनाको मृत्युभएको थियो । त्यसैगरी एक महिना अगाडि आएको अर्को पहिरोका कारण १० जनाको ज्यान गएको थियो । रासस/एएफपी 

प्रकाशित: २१ चैत्र २०७३ ०९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App