१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एप्पलकाे आइफोन ७ र आइफोन ७ प्लस नेपालमा सार्वजनिक

काठमाडौं – जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स् प्रालि एप्पलको नेपालका लागि आधिकारिक वितरकले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ। 

जेननेक्स्टले यी विशेष संस्करणका आइफोन इभो स्टोर, फ्युचर वल्र्ड तथा ओलिज स्टोरबाट बिक्री गर्ने जनाएको छ । यी संस्करणको मूल्य पनि यस अघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर राखिएको छ । आइफोनहरु एक सय २८ जिबी र दुई सय ५६ जिबी स्टोरेजमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । 

नेपालमा एप्पलको आइफोन तथा यसका उत्पादन (म्याकबुक, आइप्याड एयर) वितरण गर्ने एकमात्र वितरक रहेको कम्पनीले जनाएको छ।आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्न आइफोनहरु आधिकारिक वितरकबाट मात्र किन्न ग्राहकलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । 

 

प्रकाशित: २१ चैत्र २०७३ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App