१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानी तिर्थस्थलमा २० जनाको हत्या

इश्लामाबाद–पाकिस्तानको एक धार्मिकस्थलमा आइतबार विहान २० जनाको हत्या भएको छ भने अरु चार जना घाइते भएका छन् । 

पञ्जाव प्रदेशमा पर्ने मोहम्मद अलीको स्मृतिस्थलमा भएको घटनामा परी मृत्यु हुने २० जनामध्ये चार जना महिला रहेका छन् । स्मृतिस्थलका रक्षकसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ । 

“स्मृतिस्थलका रक्षक ५० वर्षीय अब्दुल वाहीदले आफुलाई मार्न आएको ठानेर उनीहरुलाई नै मारिदिएको हुनसक्छ,” क्षेत्रीय प्रहरी प्रमुख जुल्फीकर हमिदले एएफपीलाई भने। 

उनले नियन्त्रणमा लिइएका व्यक्तीहरुमा मानसिक समस्या भएको पनि हुनसक्ने बताउँदै घटनाको बारेमा विस्तृत अनुसन्धान सुरु भइसकेको जानकारी दिए । 

पञ्जावका मुख्यमन्त्री शाहबाज सरिफले २४ घन्टाभित्रमा अनुसन्धान प्रतिवेदन पेश गर्न प्रहरीलाई निर्देशन दिएको एक उच्च सरकारी अधिकारीले बताए । 

घटना भएको ठाउँ पाकिस्तानमा निकै प्रशिद्ध र धेरै मान्छे जाने ठाउँका रुपमा चिनिन्छि । 

झरफुक गर्ने ठाउँहरुमा कहिले काही केही व्यक्तीहरुको हत्या पाकिस्तानमा बेला बेलामा हुनेगर्दछ, तर यस्तो धेरै जनाको एकैचोटी हत्या भने निकै कम मात्रै हुने गरेको थियो । 

पाकिस्तानका लाखौँ जनताले अहिले पनि झरफुकजस्ता रुढीबादी परम्परामा विश्वास राख्दछन् । रासस/एएफपी 

प्रकाशित: २० चैत्र २०७३ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App