१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दिपायलकाे पिपल्ला बजारमा भीषण आगलागी

फाइल फाेटाे

दिपायल – दिपायलको पिपल्ला बजारमा अाइतबार दिउँसो भएकाे आगलागी अझै पनि नियन्त्रण लिन सकिएको छैन् । जेबी आयल स्टोरबाट सल्केको आगोले राष्ट्रिय वाणिज्य बैंक सहित वरपरका ५ भन्दा बढी पसलमा क्षति पुर्याइ सकेको छ  ।


नेपाली सेना, प्रहरी तथा स्थानीयहरूले आगोलाई निभाउन खोजे पनि दमकलको अभावमा आगो निभाउन सकिएको छैन् ।  दिपायल सिलगढी नगरपालिकाको दमकल बिग्रेको कारण आगो निभाउन गाह्रो परेको हो । 
आगो नियन्त्रण बाहिर भएको कारण अहिलेसम्म कति मानवीय र भौतिक क्षति भए भन्ने एकीन हुन् सकेको छैन् । आगो निभाउनका लागि छिमेकी जिल्ला डँडेलधुराबाट दमकल मगाइएको छ । 
 

प्रकाशित: २० चैत्र २०७३ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App