१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

असिना पानीले गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति

फाइल फाेटाे

कञ्चनपुर – गएराती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ । 

असिना पानीका कारण गहुँबालीमा ८० प्रतिशत बढी क्षति पुगेको कृषि सेवा केन्द्र सानागाउँका प्रमुख मनी नाथले बताए । 

“असिना पानीले तरकारी बालीमा ९० प्रतिशत र सुन्तला र कागतीमा ६० प्रतिशत क्षति पुर्याएको छ” उनले भने । वर्षभरि खानका लागि लगाइएको गहुँबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको उनले बताए । 

असिना पानीले गर्दा तरकारी र फलफूल खेतमा क्षति पुगेपछि कमाइको स्रोतमा समेत असर परेको उनको भनाइ रहेको छ । साना गाउँ नजिकका क्षेत्रमा समेत असिना पानीले क्षति पुर्याए पनि क्षतिको विस्तृत विवरण सङ्कलनको कार्य भइरहेको छ । 

असिना पानी राति करिब एक घनटासम्म परेको थियो । रासस 

प्रकाशित: २० चैत्र २०७३ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App