१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुन लुटेको आरोपमा प्रहरी सहित ६ पक्राउ

काठमाडौं- सुनको गहना बनाउने कारखानामा डकैती गरेर ६४ तोला सुन लुटेको आरोपमा एक प्रहरी जवानसहित ६ जना पक्राउ परेका छन्।

प्रहरी जवान अजय गुरुङ सहित छ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो। सुन लुट्न संलग्न प्रहरी हवल्दार बलबहादुर थापा मगर र जवान नवीन ढकाल भने फरार छन्।

महाशाखाका एक अधिकारीका अनुसार शुक्रबार बेलुका मरुहिटीमा रहेको सुनको गहना बनाउने कारखानामा हतियार सहित आएको समूहले सुन लुटेको थियो।

अनुसन्धानमा प्रहरी र अपराधिक समूह मिलेर सुन लुटेको खुलेपछि महाशाखाले अजय सहितलाई पक्राउ गरेको हो।

पक्राउ आरोपीबाट लुटिएको ६४ तोला सुन फेला परेको छ। फरार २ प्रहरीको खोजि जारी छ। फरार प्रहरी महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेमा कार्यरत हुन्।

अपराधमा प्रहरी

पछिल्लो समय गम्भीर अपराधमा प्रहरी पक्राउ पर्नेक्रम बढेको छ। एक साता अगाडि महाशाखाले नै व्यापारी अपहरणगरी एक करोड बढी फिरौती असुलेको आरोपमा २ जना प्रहरीलाई पक्राउ गरेको थियो।  महानगरीय प्रहरी बृत्त गौशालामा कार्यरत दुबै काठमाडौं परिसरको हिरासतमा छन्।

पुसमा भएको ३३ किलो सुन तस्करीमा एसएसपी श्याम खत्रि पक्राउ परेका थिए। उनी धरौटीमा छुटेका छन्।

प्रकाशित: २० चैत्र २०७३ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App