१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देशमा शान्तिको लागि मोर्चा पनि सरकारमा जानु पर्छः प्रभु साह

रौतहट– व्यवस्थापिका संसदमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति एवं पूर्वमन्त्री प्रभु साहले देशको समस्या समाधान गर्न मधेशी मोर्चा पनि सरकारमा जानु पर्ने बताएका छन्। रौतहटको सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहले मधेशविरोधी छवि बनाएको सरकार ढल्ने निश्चित भएपछि देशको मधेशी, आदिवासी, जनजाति सबैको समस्या समाधान गर्न र देशलाई विकासको बाटोमा अगाडि बढाउन मधेशवादी दल पनि सरकारमा जानु उचित हुने बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापतिको हैसियतले दुई हप्ताभन्दा लामो क्यानडा र अमेरिका भ्रमण गरेकोमा भ्रमण सार्थक उपलब्धिपूर्ण रहेको समेत साहले बताएका छन्। क्यानडाले पहिले सिधै नेपाललाई सहयोग गर्ने गरेकोमा अहिले आइएनजिओमार्फत मात्र सहयोग गरिरहेकोमा त्यहाँका अधिकारीहरुसितको छलफलमा आफूले नेपालमा दूतावास खोल्न, नेपाली सामानलाई क्यानडामा भन्सार छुट दिन, नेपालमा लगानी गर्न तथा नेपाली श्रमिकलाई क्यानडामा रोजगारका लागि खुल्ला गर्न माग राखेको र सबै बुँदामा क्यानडा सरकार सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

यसै गरी अमेरिकामा पनि नेपाली कामदारलाई खुला गर्न, साठीवटा वस्तुमा अमेरिकाले भन्सार छुट दिइरहेकोमा थप वस्तुमा भन्सार छुट दिन, अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न, नेपालमा लगानी वृद्धि गर्न आफूले प्रस्ताव राखेको बताएका छन् । यसैगरी संयुक्त राष्ट्र संघका विभिन्न पदाधिकारीहरुसितको भेटमा भूकम्पको समयमा नेपालमा सहयोग गरेकोमा धन्यवाद दिँदै शान्ति प्रक्रियामा थप सहयोग गर्न आग्रह गरेको बताएका छन् ।

 

प्रकाशित: २८ असार २०७३ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App