१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तान र श्रीलंकाबीच फाइनल

चित्तागोङ(एएफपी)– एसिसी इमर्जिङ कपको उपाधिका लागि पाकिस्तान यु–२३ र श्रीलंका यु–२३ ले प्रतिस्पर्धा गर्ने भएका छन्।

शनिबार सम्पन्न सेमिफाइनलमा मोहम्मद रिजवानको शतकप्रेरित पाकिस्तानले अफगानिस्तानलाई १ सय २३ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । त्यस्तै श्रीलंकाले आयोजक बंगलादेशलाई ८ विकेटले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । श्रीलंकाले समूह ‘ए’ र पाकिस्तानले समूह ‘बी’ बाट विजेताको हैसियतमा सेमिफाइनल पक्का गरेका थिए ।

कप्तान रिजवानले अविजित १ सय ५ रन जोडेपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ६७ रनको योगफल खडा गरेको थियो ।

रिजवानले तेस्रो विकेटका लागि हरिस सोहेलसँग ९३ रनको साझेदारी गर्दै पाकिस्तानलाई सम्मानजनक स्कोरतर्फ डो¥याएका थिए । ९९ बल खेलेका रिजवानले ८ चौका र ३ छक्का प्रहार गरे । सोहेलले ८२ बलमा ३ चौकासहित ६८ रनको योगदान दिए । त्यसअघि विकेटकिपरसमेत रहेका रिजवानले दोस्रो विकेटका लागि ओपनर हुसेन तलतसँग ५५ रनको साझेदारी गरेका थिए ।  ६३ बल खेलेका तलतले ५ चौकाको मद्दतमा ३७ रन जोडे ।

अफगानिस्तानका गुलवादिन नाइवले ३ विकेट लिँदा नाजिवुल्लाह जर्दान र नभिन उल हकको नाममा १÷१ विकेट रह्यो ।

पाकिस्तानका बिलाल आसिफले ५ विकेट लिएपछि जबाफी ब्याटिङमा उत्रिएको अफनानिस्तानले ३१.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रन मात्र जोड्न सक्यो । अफगानिस्तानका जर्दानले सबैभन्दा धेरै ३१ रन जोडे । विकेटकिपर मुनिर अहमदले २९ रन र युनुस अहमदजाइले २७ रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

शनिबारै बंगलादेशले दिएको १ सय ८० रनको लक्ष्य श्रीलंकाले २ विकेट गुमाएर पूरा ग¥यो । टस जितेर ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

ओपनर रोन चन्द्रगुप्ता शून्य र सेहन जयसूर्या ६ रनमा पवेलियन फर्किएपछि श्रीलंका एक समय १५–२ को कठिन स्थितिमा थियो । तर, अर्का ओपनर सदिरा समराविक्रमा र चरिथ असलंकाले तेस्रो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरेपछि श्रीलंकाले सहज विजय हासिल गरेको थियो । सदिराले १ सय बलमा १० चौकासहित अविजित ८८ रन जोड्दा चरिथले १ सय २१ बलमा ९ चौका र १ छक्का हान्दै ८३ रनमा अविजित रहे ।

त्यसअघि बंगलादेशका लागि नासिर हुसेनले ३९, मोहम्मद सैफुद्दीनले ३७ तथा ओपनर सैफ हसनले ३२ रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका असिता फर्नान्डोले ४ विकेट लिएका थिए ।

               

 

 

 

प्रकाशित: २० चैत्र २०७३ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App