१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सल्यक्रियापछि सुत्केरीको मृत्यु

उर्लाबारी (मोरङ)– उर्लाबारी – ४ स्थित गोदाबारी हस्पिटलमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ।

प्रसूतिका लागि सोमबार अस्पताल भर्ना गरिएकी झापा, दमक – १६ बस्ने २५ वर्षीया ज्योति खड्काको आज बिहान मृत्यु भएको हो। खड्काको मृत्युपछि आफन्त तथा स्थानीयवासीले चिकित्सकमाथि कारबाहीको माग गर्दै अस्पताल घेराउ गरेका छन्।

गए राति सफल शल्यक्रियाका साथ पहिलो सन्तानका रुपमा शिशु (छोरी ) जन्मिए पनि सुत्केरीको आज बिहान मृत्यु भएको हो। हस्पिटलका डा बिपी कर्णले शल्यक्रिया गरेका थिए। चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको बताउँदै मृतकका आफन्तले हस्पिटलमा तोडफोड समेत गरेका छन्।

शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ । हस्पिटल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो। रासस

 

प्रकाशित: २८ असार २०७३ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App