प्रतिवाद

कुञ्जिनी कथा कि आफ्नो व्यथा ?

शनिबार, १९ चैत २०७३, १२ : ०९ नागरिक

मुकुन्द घिमिरे

नागरिक दैनिक, शनिबारीय अंक अक्षर (५ चैत ०७३) मा प्रकाशित ‘कुञ्जिनी कथा’ पढ्ने अवसर पाइयो, त्यसको शीर्षकमुनि शीर्ष वाक्य र लेखको भित्री मर्मको अभिप्राय पनि राम्रोसँग अध्ययन गरियो । लेखकको मर्म, त्यसमा निहित भाव र विचारमा लेखकलीला लुइटेलस“ग केही असहमति र खण्डन प्र्रस्तुत गर्न चाहन्छु ।

असहमति भए त्यो पत्तो लगाउन १७ वर्षको अनुसन्धान जरुरी थिएन । आज पनि कुञ्जिनीको पा“चौ“ अंक पुस्तकालयमा सुरक्षित नै होला । त्यसको सबै पक्ष पढ्न पाठक तथा कुञ्जिनीका शुभचिन्तक महानुभाव स्वतन्त्र हुनुहुन्छ ।

‘साहित्य कुञ्ज’ नेपाली केन्द्रीय विभागको साहित्यिक क्रियाकलाप गर्ने संस्था हो । म त्यसको ०५६÷५७ को कार्य समिति अध्यक्ष हु“ र सम्पादक मण्डलको प्रमुख पनि । यस लेखमा लीला लुइँटेलद्वारा ‘इतिहास बंग्याउ“दै मुकुन्द घिमिरेले सम्पादकीय लेखे’ भनी उल्लेख गरिएको छ । त्यसको अन्तर्य मैले बुझिनँ किनकि सम्पादकीयमा कुनै साल, सम्वत स्थापना वा इतिहासको चर्चा नै छैन । प्रमाणका निम्ति मैले सम्पादकीय समेत यसै साथ इमेल गरिदिएको छु । अध्ययन गर्दा सत्यतथ्य उद्घाटन हुने नै छ । यसमा लेखकको सम्पादकीय समेत छुट्याउन नसक्ने बौद्धिक धरातलको टिप्पणी म गर्दिनँ । जहा“सम्म लेखकले लगाएका आरोप छन्, ती विषयमा केन्द्रित हुन चाहन्छु । लेखकले भनेकी छन् ‘०४६ मंसिर ५ गते ‘साहित्यकुञ्ज’ नामक संस्था स्थापना ग¥यौ“ ।’
त्यसमा कसैको विमति छैन र थिएन पनि । त्यसै अंकको अन्त्यतिर मैले ‘साहित्यकुञ्ज ः पृष्ठभूमि इतिहास र गतिविधि’ शीर्षकमा ऐतिहासिक पृष्ठभूमिमा साहित्यकुञ्जको नालीबेली खोजेको हु“ । यसको सुरुकै वाक्यांश यस्तो थियो, ‘साहित्यकुञ्जको जन्म ०४६ मा भएको भए पनि यसको इतिहासको पृष्ठभूमिको लामो शृंखला पाइन्छ ।’ यस वाक्यांशले साहित्यकुञ्जको स्थापना ०४६ मा भएको हो भन्ने पुष्टि गरेको छैन र ? ऐतिहासिक पृष्ठभूमिको अर्थ सायद लेखकले बुझ्न बा“की रहेको हो कि हत्केलाले सूर्यलार्ई छोपेको वा चर्चामा आउन आलेख लेखिएको हो, विश्लेषणीय विषय बनेको छ । त्यसै आलेखमा नेपाली विभागस“ग सम्बद्ध हु“दै गरिएका गतिविधिको इतिहास खोज्ने चेष्टा गरिएको छ भन्ने वाक्यांशले पनि साहित्यकुञ्जको स्थापना अगाडि भएको थियो भन्ने आसय कतै पुष्टि गर्दैन । यसमा भ्रमपूर्ण विषय नै छैन ।
लेखकले ‘०४६ सालमा स्थापना भएको स्पष्ट हु“दाहु“दै ०५६÷५७ मा गठित कार्य समिति अध्यक्षले कुञ्जिनी (वर्ष ५, अंक ८, ०५७) मा साहित्यकुञ्ज हामीले स्थापना गरेको नभई ०२२ सालमा ठाकुरप्रसाद पराजुली र माधव भट्टराईको सक्रियतामा स्थापित भनेर इतिहासलाई बंग्याउ“दै एउटा प्रायोजित एवं भ्रमपूर्ण सम्पादकीय लेखे’ भनी आरोपित गर्नुको कुनै अर्थ छैन । ‘नेपाली साहित्य परिषद् ०२२ सालमा स्थापना भएको र त्यसका संस्थापक ठाकुरप्रसाद पराजुली र माधव भट्टराई हुनुहुन्थ्यो भन्दा कहा“नेर ‘साहित्यकुञ्ज’ ०२२ सालमा स्थापना भयो भन्ने बुझिन्छ । लेखकका तर्क आफै“मा प्रायोजित छन् । नेपाली विभागमा यसअघि साहित्यिक गतिविधि थिएन र हामी नै ‘सर्वै सर्वाय वाचका’ हौं भन्ने दम्भ लेखकमा देखिन्छ । दोस्रो कार्यकालमा हाम्रो नाम नराखी अरू नै कसैको नाम राखियो भन्ने आरोप पनि तर्क संगत छैन र लीला ढकाल, शारदा अधिकारी, मधुसुधन गिरी, ईश्वरी उपाध्यायलगायतको कार्य समिति ०४६÷४७ क्रियाशील थियो भनेर लेखमा उल्लेख हु“दाहु“दै मेरो नाम परेन भनेर रोइलो गर्नुको कुनै अर्थ छ जस्तो लाग्दैन । फेरि तर्कका लागि तर्क हु“दैन, तथ्यमा तर्क हुन्छ । माइन्युट नभएको, विधान नभएको र गतिविधिको इतिहास नभएको संस्थामा म थिए“ भन्नु योग्यताको उपहास मात्र हो । सो संस्थाको विधान ०५७ सालमा मात्र निर्माण गरिएको हो र त्यसको श्रेय मेरो नेतृत्वका साथीहरूमा जान्छ र त्यसको विशेष भूमिका मैले नै खेलेको हु“ । त्यसो भए ०५७ सालमा जारी भएको विधानले संस्थाको जन्मसालको आधिकारिकता त्यहा“ खोज्ने ? लेखकमा त्यसको जानकारी सायद छैन ।
लेखकको अर्को संगीन आरोप छ– इतिहास बंग्याएर मुकुन्द घिमिरे, टीकाहरि बराल र अशोक थापाले सम्बन्धित गुरुहरूबाट आशीर्वादका साथै अन्य केही पनि पाए होलान् । पक्कै पनि, हो लीलाजी तिनै गुरुहरूको वरद् छहारीमा सिकेका ज्ञान र आशीर्वचनले आज सानस“ग जीवन चलाइरहेको छु र छौ“ । बा“की अरु केही लिने भन्ने कुराको जवाफमा यति मात्र भनौ“ सर्पको खुट्टा सर्पले नै देख्छ । गुरुहरूमाथि मिथ्या आरोप लगाएर कसैको प्रतिष्ठामा बर्तुलाकार अक्षरको दुरुपयोग गर्नु लेखकको क्षयोन्मुख चिन्तन र हीनताको तीव्र छटपटाहट मात्र हो । लेख्नुभन्दा अगाडि राम्ररी अध्ययन गर्न सुझाउ दिन्छु । चर्चित हुने हुटहुटी वा तृष्णाका लागि अरुलाई चिथोर्नु जरुरी छैन । आरोप लगाउ“दैमा पुष्टि हुँदैन । त्यसलाई तथ्यले समर्थन गर्नुपर्छ । लेखकले आफ्नो कार्यकालमा के–के गरिन् भन्ने कुरा इतिहासले पुष्टि गर्ला तर ०५७ सालमा प्रकाशित विषयको पत्तो १७ वर्षपछि मात्र पाउनु र रोइलो मच्चाउनुको कुनै अर्थ छैन । असहमति भए त्यो पत्तो लगाउन १७ वर्षको अनुसन्धान जरुरी थिएन । आज पनि कुञ्जिनीको पा“चौ“ अंक पुस्तकालयमा सुरक्षित नै होला । त्यसको सबै पक्ष पढ्न पाठक तथा कुञ्जिनीका शुभचिन्तक महानुभाव स्वतन्त्र हुनुहुन्छ । कसैले चरित्र हत्या गर्ने अभीष्टका लागि नागरिक पत्रिकाको साहित्यिक पानामा भ्रमको खेती गर्नुपर्दैन । प्रायोजित लेखेर इतिहास बंग्याएको आरोप प्रमाणित गर्न र लाभ लिएको भन्ने असभ्य र कुत्सित विचारले आफ्नो बौद्धिक क्षमताको उचाइ नघटाउन आग्रह गर्छु ।





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad