१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

शिवपुरी धाममा नेपाल अामा

सुन्दर सुदूर पश्चिम अभियानमा मानव निर्मित सम्पदा थपिनेक्रम सुरु भैसकेको छ । धनगढी, महेन्द्रनगर, टीकापुर क्षेत्रमा दिनै सुविधायुक्त होटल बनिरहेका छन् । संस्कृति, प्रकृति र इतिहासको त्रिबेणीधामका रुपमा सुदूरपश्चिम  चम्किँदैछ । यहि मेसोमा धनगढीमा अग्लो ज्योर्तिलिङ बनाइएको छ ।

धनगढीमा १ सय ८ फिट अग्लो शिव लिङ बनाइएको छ ।

धनगढी–४ कैलालीमा बनाइएको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा चहलपहल बढ्दैछ । त्यहाँ १ सय ८ फिट अग्लो ज्योर्तिलिङ बनाइएको छ । त्यस बाहेक १ सय ८ तुलसी मठ, १ सय ८ गौमुखि धारा, नेपाल माताको मन्दिर, यज्ञ मण्डप, सूर्यनारायण मन्दिर लगायत बनाइएको छ । साथमा शिव कुण्ड, विष्णु कुण्ड, खप्तड कुण्ड आदि छन् ।  

शिवपुरीधाम २.५ विगाहा जमिनमा फैलेको छ । त्यस वरपर धार्मिक वनको क्षेत्रफल २९ हेक्टर छ । शिवपुरीधामका अध्यक्ष श्याम तायलका अनुसार पुरै संरचना तयार हुन अरु ८ वर्ष लाग्ने छ । लोकानन्द महाराजको कुटि, शिव पाञ्चायन मन्दिर निर्माणाधिन छन् । चाँडै बहुद्धेश्यिय भवन बनाइने छ । भवनको माथिल्लो तलामा पाहुना कोठा बनाइने छ । मन्दिर हातामै सुदूर मण्डप र नेपाल मण्डप कक्ष हुनेछन् । नेपाल मण्डपमा नेपालका प्रमूख देवदेवीका झाँकि राखिनेछ भने सुदूर मण्डपमा सुदूरपश्चिमका ।   

आजसम्म करिब ३ करोड रुपैयाँ खर्च भैसकेको छ । भबिष्यमा १० करोड सम्म लगानी गरि नेपालकै नमुना धार्मिक पर्यटन गन्तव्य बनाउने योजना छ । भक्तजनको सहयोग बटुलेर बनाइएको । त्यहाँ दुई जना बाहुन, चौकिदार र प्रशासनमा २ जनाले जागिर पाएका छन् ।     

नमूना काम
श्याम तायल
अध्यक्ष, शिवपुरीधाम

मुक्तिनाथधाम वुटवलका सन्त लोकानन्द महाराजले शिवपुरीधामको परिकल्पना गर्नु भएको हो । उहाँकै आज्ञा अनुसार हामीले धनगढीमा मन्दिर बनाएका हौं । सबैको राम्रो सहयोग प्राप्त भैरहेको छ । शिवपुरीधामलाई हामी नेपालकै नमुना तिर्थका रुपमा विकास गर्नेछौं । आध्यात्मिक र प्राकृतिक सौन्दर्यमा रमाउने पर्यटकको केन्द्रविन्दु बनाउने छौं ।

 

प्रकाशित: १९ चैत्र २०७३ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App