१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एसएसबीकाे ज्यादतीबारे बुझ्न कञ्चनपुर सीमा विज्ञ पठाउन निर्देशन

काठमाडौँ– व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले नेपाली भूमिमा बनाइएकाे बल्भर्टकाे विषयमा भारतीय सीमा सुरक्षा बलका एसएसबीकाे ज्यादतीबारे बुझ्न कञ्चनपुरकाे पुनर्वासमा विज्ञसहितको प्राविधिक टोली चाँडो पठाउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले भारतसँगकाे सीमालार्इ संवेदनशील रूपमा लिँदै कञ्चनपुर जिल्लाको पुनर्बासलगायत ज्यादती भएका क्षेत्रमा दुई पक्षबीच सहमति गरी टोली पठाउन निर्देशन दिएको समितिका उपसचिव सञ्जय दाहालले जानकारी गराए।

उनका अनुसार बैठकले पुनर्बास नजिक नेपाल–भारत सीमा क्षेत्रमा ह्युमपाइप राख्ने क्रममा सहादत प्राप्त गरेका गोविन्द गौतमको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, सख्त घाइते टीकाराम चापागार्इँको सम्पूर्ण उपचार व्यवस्थापन गर्न तथा अन्य घाइते तथा पीडित परिवारलाई यथाशीघ्र राहत रकम उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिएको छ ।

बैठकले नेपाल प्रहरीद्वारा काठमाडौँको सामाखुसीमा सञ्चालित विद्यालयका कक्षा ८ का विद्यार्थी कुन्दन थापाको रहस्यमय मृत्युका सम्बन्धमा समितिका सदस्य ओङ्दी शेर्पाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रकाशित: १८ चैत्र २०७३ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App