प्रशासनिक पुनः संरचनाः उच्चस्तरीय आयोग गठन गर्न निर्देशन

शुक्रबार, १८ चैत २०७३, १६ : ४६ नागरिक

काठमाडौँ – व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले सङ्घीय प्रणालीमा प्रशासनिक पुनःसंरचना तथा जनशक्ति व्यवस्थापनका लागि विज्ञसम्मिलित अधिकारसहितको उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । 

समितिले विज्ञसम्मिलित समितिले सिफारिस गरेको प्रतिवेदन राज्य व्यवस्था समितिसमक्ष पेस गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ । समितिको शुक्रबारको बैठकले छलफलका आधारमा परिमार्जनपछि तयार हुने प्रतिवेदन कार्यान्वयनमा गर्न पनि सकारलाई निर्देशन दिएको छ । 

निजामती कर्मचारी अस्पतालका सन्दर्भमा निजामती कर्मचारीका लागि सेवामा प्राथमिकीकरण अनुभूत हुने गरी सेवाको एकद्वार प्रणाली विकास गर्नका लागि आवश्यक प्रबन्ध मिलाउन सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ । 

निजामती कर्मचारीलाई उपलब्ध गराइने वैदेशिक अध्ययन, तालिमलगायत छात्रवृत्तिको सङ्ख्या बढाउन पहल गर्ने तथा प्राप्त अवसर सबै सेवा र तीनै अङ्गका कर्मचारीलाई समान रुपमा उपलब्ध गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । 

सरकारका तीनै अङ्गका काम, कारबाही, कार्यप्रक्रिया, पद्धति र प्रणालीलाई कोषमा समावेश गर्नेतर्फ ध्यान दिनाका साथै समयानुकूल, सान्दर्भिक र विद्यमान चुनौतीको सामना गर्ने खालका तालिमका पाठ्यक्रम छनोट गर्ने व्यवस्था गर्न नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई सुझाव दिइएको छ । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको क्षमता अभिवृद्धि गरी संङ्घीय संरचनाअनुरुपको संरचना विस्तार गर्ने पहल गर्न पनि बैठकले सामान्य प्रशासन मन्त्रालयलाई भनेको छ । सङ्घीयता कार्यान्वयन गर्न तत्काल स्थानीय तहका कर्मचारीलाई समेट्ने गरी आवश्यक पर्ने छोटो अवधिका तालिम सञ्चालन गर्न पनि समितिले प्रतिष्ठानलाई निर्देशन दिएको छ । रासस 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad