१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सबै वडामा मतदानस्थल

मलेखु(धादिङ)- स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी बढ्दै गएको छ।

नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी अभियानलाई गाउँगाउँसम्म पुर्‍याएका छन्। चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारहरु जोडघटाउमा लागेका छन्।

दुई नगरपालिका र ११ गाउँपालिका रहेको धादिङमा यतिखेर निर्वाचनको तयारी तीव्र रुपमा अघि बढेको छ । सबैजसो गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा लगायतका दललले निर्वाचन लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छन् । नीलकण्ठ नगरपालिकामा निर्वाचनका लागि दलहरु उम्मेद्ववार छान्नका लागि तयारी गरिरहेका छन्।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सफल पार्न एक सय ९ मतदानस्थल तथा दुई सय ५० भन्दा बढी मतदान केन्द्र बनाउने गरी प्रस्ताव गरेको जिल्ला निर्वाचन अधिकारी ईश्वर सिङ्खडाले बताए। सबै वडामा मतदानस्थल राखिनेगरी वातावरण मिलाइएकाले मतदातालाई सुविधा दिनेगरी व्यवस्था गरिएको उनको भनाइ छ।

धादिङमा दुई लाख ६ हजार ४५ मतदाता रहेका छन् । मतदाता शिक्षाका लागि सबै वडामा मतदाता शिक्षा पुर्‍याउने तयारी गरिएको सिङ्खडा बताउँछन्। मतदानस्थल तय भएकाले संवेदनशील स्थानको छनोट गरी सुरक्षा योजना बनाउने तथा बिना अवरोध मतदान गर्ने वातावरण मिलाउन लागिपरेको प्रहरी उपरीक्षक शरद खत्री बताउँछन्। रासस

 

प्रकाशित: १८ चैत्र २०७३ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App