१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

खोटाङ – कुटानी पिसानी गर्ने मिलको फित्तामा बेरिएर खोटाङमा एक महिलाको मृत्यु भएको छ । अन्न पिस्ने मिलको फित्तामा बेरिएर रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाकी ४६ वर्षीय बीनाकुमारी श्रेष्ठको बिहीबार अपराह्न मृत्यु भएको हो । 
गलामा ओढेको सल मिलको फित्तामा बेरिएपछि लतारिएर फित्तामा पेलिएकी श्रेष्ठको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए । उनी सोही ठाउँका गणेश राईको मिलमा पेलिएकी हुन् । श्रेष्ठ मकै र कोदो पिस्न मिलमा पुगेकी थिइन् ।
जेनेरेटरबाट चल्ने कुटानी पिसानी मिलमा स्थानीय अन्न पिस्नका लागि जाने गरेका छन् । घटनास्थल मुचुल्का तयार पार्नका लागि जिल्ला प्रहरी कार्यालयका मुद्धा शाखाका प्रहरी नायब निरिक्षक मनोज यादव नेतृत्वको टोली जालपा पुगेको छ । मृतकको शव पोष्टमार्टमका लागि शुक्रबार जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित: १८ चैत्र २०७३ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App