१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

म्यादी प्रहरीका लागि १ हजार ४७८ को आवेदन

खोटाङ – खोटाङमा म्यादी प्रहरीका लागि १ हजार ४७८ जनाको आवेदन परेको छ । आगामी वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको सुरक्षार्थ आव्हान गरिएको म्यादी प्रहरीकालागि २१९ जना महिला र १ हजार २५९ पुरुषको आवेदन परेको हो । चैत्र ११ गतेदेखि १७ गते साँझसम्म आवेदन दिने समय तोकिएकामा अपेक्षाभन्दा बढीको आवेदन परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए । 
१८ वर्ष पूरा भई ५० वर्ष ननाघेको, सामान्य लेखपढ भएको, कुनै राजनीतिक दलसँग आवद्ध नभएको, शारीरिक तथा मानसिकरुपमा स्वस्थ र फौजदारी अभियोगमा कसुरदार नठहरिएका नागरिकमध्येबाट म्यादीका लागि आवेदन आव्हान गरिएको थियो । विद्यार्थीदेखि भूतपूर्व सेना तथा प्रहरीसम्मले म्यादीका लागि आवेदन दिएका छन् । म्यादी प्रहरी छनौटका लागि शनिबारदेखि सोमबारसम्म परिक्षा लिएर चैत्र २२ गते नतिजा सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
परिक्षामा उत्तिर्ण म्यादी प्रहरीले १५ दिने सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलव, पोशाक र राशन उपलब्ध पाउने गरी ५५ दिन काममा खटिनु पर्ने जनाइएको छ । छनौटमा परेका म्यादी प्रहरीले छिमेकी जिल्लामा खटिनुपर्ने कार्यालयले जनाएको छ । 
 

प्रकाशित: १८ चैत्र २०७३ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App