१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टरबाट खस्दा बालकको मृत्यु

कोहलपुर– नेपालगन्ज सुर्खेत रत्नराजमार्गको नौवस्तामा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ । बि्हीबार राती ८ बजे नौवस्ताको पहाडीपुरमा भे १ त ६१४० नम्बरको ट्याक्टरबाट खस्दा स्थानीय ५ बर्षीय ईन्द्रबहादुर विकको मृत्यु भएको हो । 
ट्याक्टरमा बसेका विकको कालोपत्रे सडकमा खस्दा ज्यान गएको हो । ट्याक्टरबाट खस्दा गम्भीर घाईते विकको उपचारका क्रममा राती ९ बजेतिर नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको कोहलपुर प्रहरीले बताएको छ । रत्नराजमार्गमा तीव्र गतिमा रहेको ट्याक्टरबाट उफ्रिएर बालक सडकमा खसेको प्रहरीले जनायो । प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । 
 

प्रकाशित: १८ चैत्र २०७३ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App