भक्तपुरमा कृषि मेला तथा प्रदर्शनी हुने

शुक्रबार, १८ चैत २०७३, १० : २६ नागरिक

भक्तपुर – भक्तपुरलगायत उपत्यकाका किसानलाई एउटै ठाउँबाट सेवा पुर्याउने उद्देश्यले जिल्ला कृषि सहकारी संस्था लिले दोस्रो ‘कृषि मेला तथा प्रदर्शनी २०७३’ को आयोजना गर्ने भएको छ । 

बिहीबार यहाँ संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा चैत १९ र २० गते हुने मेलाबारे जानकारी दिँदै संस्थाका अध्यक्ष उत्तम सापकोटाले किसानलाई कृषि उत्पादन, मल, प्रविधि, रोग, माटो परीक्षण लगायतका बारेमा जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागेको बताए । 

साठिऔँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गर्न लागेको मेलामा संस्थासँग आबद्ध किसान, व्यावसायिक कृषि फार्म, अगुवा किसान, कृषि कम्पनीबाट उत्पादित कृषि उपज, कृषि प्रविधि, कृषि औजार, कृषि ऋण, कृषि बिमा, कृषिसम्बन्धी परामर्श, च्याउ तथा आलुका परिकारसहितका ४५ भन्दा बढी स्टल मेलामा राखिने उनले जानकारी दिए। 

मेलाका संयोजक शनिस लागेजुले आगामी शनिबार र आइतबार सञ्चालन हुने मेलामा सहकारीकर्मी, किसान, व्यापारी, व्यवसायी र सर्वसाधारण गरी करिब ३५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताए । 

मेलाका लागि करिब रु एक लाख ६० हजार खर्च अनुमान गरिएको जानकारी दिँदै उनले मेला कृषिबारे जान्न चाहने जो कोहीका लागि उपलब्धिमूलक हुने बताए । रासस 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad