१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. केसीलाई उपयुक्त कोठा उपलब्ध गराउन माग

काठमाडौं- चिकित्सा क्षेत्रको सुधारको लागि आठौं पटक अनशनमा बसेका डा. गोविन्द केसी प्रति अस्पताल प्रशासनले देखाएको असहयोगमा विभिन्न संगठनले आपत्ति प्रकट गरेका छन्।

नेपाल रेजिडेन्ट डाक्टर एसोसिएसन, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी र विद्यार्थी कल्याणकारी कमिटी महाराजगञ्ज मेडिकल क्याम्पसले संयुक्त विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनको असहयोग र ग्रैहजिम्मेवारीपनले दुखि बनाएको उल्लेख गरिएको छ।

'डा. केसीको स्वास्थ्यको नजिकबाट निगरानी गर्नको लागि उपयुक्त कोठा, स्वास्थ्य उपकरण र जनशक्ति उपलब्ध गराउन जोडदार माग गर्दछौं', विज्ञप्तिमा भनिएको छ। सहनशिलतालाई कमजोरी ठानेर माग पुरा नगरे अन्य कदम चाल्न बाध्य हुने विज्ञप्तिमा चेतावनी दिइएको छ।

प्रकाशित: २८ असार २०७३ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App