प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेप बढेकाे भन्दै ज्ञापन बुझाउन गएकामाथि प्रहरी हस्तक्षेप

बिहिबार, १७ चैत २०७३, १९ : ५७ नागरिक

काठमाडाैं– विश्व ट्रेड युनियन महासङ्घमा आबद्ध नेपालका क्रियाशील ८ श्रमिक सङ्गठनले प्यालेस्टाइन जनतामाथि भइरहेको इजरायली हस्तक्षेप रोक्न नेपालको लैनचौरस्थित इजरायली राजदूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले हस्तक्षेप गरेको छ । 

बिहीबार दिउँसो प्यालेस्टाइनी जनताले आफ्नो मातृभूमिको रक्षार्थ सञ्चालन गरेको सङ्घर्षप्रति ऐक्यबद्धता जनाउँदै इजरायली सरकारबाट भइरहेको दमन र हस्तक्षेपको अन्त्य गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले हस्तक्षेप गरेको महासङ्घका प्रेसिडेन्सियल काउन्सील सदस्य प्रेमकुमार खनालले जानकारी गराए। 

उनले नेपाल जस्तो प्रजातान्त्रिक मुलुकमा कूटनीतिक नियोगबाट यस किसिमको कार्य हुनु अप्रजातान्त्रिक क्रियाकलाप भएको बताए । 

ज्ञापनपत्र बुझाउन नदिएपछि उनीहरुले बाहिर कोणसभा गरेका थिए । पेसागत महासङ्घ नेपाल, नेपाल ट्रेड युनियन फेडेरेसन, नेपाल प्रगतिशील ट्रेड युनियन महासङ्घ, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घले ज्ञापनपत्र बुझाउन गएका थिए । 

उनीहरुले इजरायली सरकारले अमानवीय नाकाबन्दी लगाउनुका साथै प्यालेस्टाइनीको बासस्थान, बालबालिकाको हत्या तथा सयौँ श्रमिक वर्गलाई बन्दी बनाइरहेकाप्रति आपत्ति जनाएका छन् । रासस 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad