१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाली वस्तुकाे बजार विस्तारमा सघाउन अष्ट्रेलियाली राजदूतसँग मन्त्री जोशीकाे अाग्रह

काडमाडाैं– उद्याेगमन्त्री नविन्द्रराज जोशीले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक कतिपय ऐन नियम कार्यान्वयनमा ल्याएसकेकाे  बताएका छन् । नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटसँगकाे भेटमा उनले बिहीबार यस्ताे बताएका हुन्।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धि नयाँ ऐन अन्तिम चरणमा रहेको उनले राजदूत ह्वाइटलार्इ बताए ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा व्यक्त आशयपत्रहरुलाई लगानीमा परिणत गर्न सरकारले विभिन्न समिति बनाएर फलोअप गरिरहेको भन्दै मन्त्री जेशीले नीतिगत सुधारका साथै उद्योग मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभागहरुबाट प्रदान गरिने प्रशासनिक सेवालाई चुस्त दुरुस्त र पारदर्शी बनाइएको बताए ।

नेपाली उत्पादनको अष्ट्रेलियामा बजार विस्तारका लागि सघाउन समेत मन्त्री जोशीले अष्ट्रेलियन राजदूत अग्रह गरे । लघु उद्यम विकास कार्यक्रममा रहेको अष्ट्रेलियन सहयोगको लागि मन्त्री जाेशीले धन्यवाद व्यक्त गरे।

भेटमा राजदूत ह्वाइटले उद्योग मन्त्रालयले सुरु गरेको नीतिगत सुधारका कारण नेपालमा वैदेशिक लगानीकाे वातावरण बन्दै गएको बताएका छन्। नेपालको विकास प्रयासमा अष्ट्रेलिययन सहयोग नीरन्तर रहने प्रतिवद्धता समेत उनले जनाएका छन्। 

नेपालको दार्चुला जिल्लामा उत्पादित अर्ज्ञानिक महको विश्व बजारमा राम्रो माग रहेको भन्दै त्यसको प्रशोधनको लागि काम गर्न नेपाल सरकारलाई उनले सुझाव दिए।

उद्यमशिलता विकास गर्ने सो कार्यक्रमले ग्रामीण क्षेत्रमा ७० हजारभन्दा बढी उद्यमी तयार पारिसकेको छ। सो कार्यक्रममा अष्ट्रेलियन सरकार र युएनडीपीको सहयोग रहँदै अाएको छ।
 

प्रकाशित: १७ चैत्र २०७३ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App