१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हुम्लामा नागरिकता लिनेको भीड


हुम्ला–जिल्ला प्रशासन कार्यालयमा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ । नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन् । 

सामान्य दिनमा दैनिक चार/पाँचवटा मात्र नागरिकता वितरण हुने सो कार्यालयबाट अहिले दैनिक एकसयभन्दा बढिले नागरिकता प्राप्त गरेको कार्यालयले जनाएको छ । 

प्रजिअ धनप्रसाद शर्मा पौडेलले चुनावको वातवरण तयार भएपछि अहिले कुनाकाप्चामा रहेका युवायुवतीले समेत नागरिकताका लागि दरखास्त दिएको बताउँदै अहिलेसम्म चारसय पाँचजनाले नागरिकता लिइसकेको जानकारी दिए । 

म्यादी प्रहरीमा जागिर खाने उद्देश्यले पनि नागरिकता लिन आउनेको सङ्ख्या बढेको बताइएको छ । रासस 
 

प्रकाशित: १७ चैत्र २०७३ ०५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App