१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडकबत्तीको बक्यौता रु तीन करोड नाघ्यो


पाल्पा –विद्युत् प्राधिकरण, पाल्पाले तानसेन नगरपालिकाभित्रका सडक बत्तीबापतको रु तीन करोड ५० लाख ४२ हजार बक्यौता उठ्न अझै बाँकी रहेको जनाएको छ । 

तानसेन नगरपालिकाभित्रका सडक बत्तीको झन्डै ८ वर्षदेखिको महसुल उठ्न सकेको छैन । विद्युत् प्राधिकरण पाल्पाले पटक पटक महसुल भुक्तानीका लागि पत्राचार गरेपनि नगरपालिकाले अटेर गरेको छ । प्रत्येक महिनाको रु चार लाख महसुल बढिरहेको प्राधिकरणका सहलेखापाल फशुराम पाण्डेयले बताए । 

तानसेन नगरपालिकाका कार्यक्रम अधिकृत भरत आचार्यका अनुसार हाललाई विद्युत्को महसुल भुक्तानीमा बजेट प्राप्त नहुँदा समस्या भएको छ । उनले स्थानीय तहको निर्वाचनपछि विद्युत् महसुलको समस्या हल हुने बताए । 

तानसेनको भगवतीटोलमा दिउँसोको बेला सडकमा बत्ती बलिरहे पनि स्थानीय, नगरपालिका र विद्युत् प्राधिकरण कर्मचारीको बेवास्ताका कारण विद्युत् अनुत्पादक क्षेत्रमा खर्च हुँदै गएको छ । रासस 

प्रकाशित: १७ चैत्र २०७३ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App