१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सय किलोको एउटै सिक्का चोरियो

बर्लिन- जर्मनीको राजधानी बर्लिनमा रहेको बोडे संग्रालयमा रहेको सय किलोको एउटा सिक्का चोरी भएको छ। चोरी भएको सिक्का 'बिग मेपल लिफ' भएको र सन् २००७ मा रोयल केनेडियन टकसालले जारी गरेको एक स्मारकको टुक्रा रहेको जर्मनी सञ्चारमाध्यमले जनाएका छन्।

५३ सेन्टिमिटर रहेको उक्त सिक्काको मोटाइ तीन सेन्टिमिटर रहेको बताइएको छ। महारानी एलिजावेथ द्धितियको चित्र कुँदिएको उक्त सिक्काको विशेष भएको बताइएको छ। बोडे म्युजिमले उक्त सिक्काको मूल्य १० लाख अमेरिकी डलर रहेको बताएको छ। जबकी १०० किलो सुनको बजार मूल्य करिब ४० लाख डलर नजिक रहेको छ।

जर्मन प्रहरीले चोरहरुले संग्रालयमा प्रवेशका लागि सम्भवतः एउटा सिढींको प्रयोग गरेको हुनसक्ने ट्विटमार्फत बताएको छ। उक्त सिढीं नजिकै रहेको रेलको ट्रयाकमा भेटिएको पनि प्रहरीले जनाएको छ। प्रहरीले सिक्काको चोरीका बारेमा अनुसन्धान सुरु गरिसकेको बताएको छ।

बोडे संग्रालय युनेस्कोको मान्यता प्राप्त सिक्काको ठूलो संग्रालय हो। यस संग्रालयमा प्राचीन ग्रिसका एक लाख दुई हजार सिक्का संग्रह गरिएको बताइन्छ।

प्रकाशित: १७ चैत्र २०७३ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App