१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हकीका खेलाडी छनोट

काठमाडौं– नेपाल हक्की संघले पाँचौं पुरुष एसियाली विद्यालयस्तरीय हक्की प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ।

हेटौंडामा भएको छनोट प्रतियोगितामा मध्यपश्चिमबाहेक अन्य चार विकास क्षेत्रका खेलाडीले सहभागिता जनाएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । छनोटमा भाग लिएका ४० खेलाडीबाट १८ सदस्यी टोली छनोट गरिएको हक्की प्रशिक्षक अश्विनी अधिकारीले बताए ।

एसियाली विद्यालयस्तरीय प्रतियोगिता भारतको भोपालमा चैत २२ देखि २८ गते हुनेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा ८ देशको सहभागिता रहेको छ ।

छनोट प्रतियोगिताबाट कञ्चनपुरबाट ६, झापाबाट ४,  कास्की, पर्सा, धनुषा र मकवानपुरबाट समान २ खेलाडी टोलीमा परेका छन् ।

राष्ट्रिय टोलीमा कञ्चनपुरका राजेश विष्ट, गणेश टमाटा, भीमदत्त भट्ट, दीपकराज जोशी, महेन्द्र कार्की र राजेन्द्र कार्की परे । झापाका सन्तोष मुर्मी, अशोक पौडेल, मनोज चौधरी र चिरण प्रधानले पनि टोलीमा स्थान बनाए । यसै गरी कास्कीका राजन नेपाल, प्रेम विक, पर्साका अर्जुन खड्का र अभिषेक पुरी अन्तिम टोलीमा परे । नेपाली टोलीमा स्थान बनाउने अन्य खेलाडीमा धनुषाका प्रवेश आलाम र यशराज शर्मा, मकवानपुरका सन्तलाल न्यासुर र निश्चल थापा छन् ।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा परेको छ । समूहमा नेपाल आयोजक भारतसँगै सिंगापुर र थाइल्यान्ड छन् । समूह ‘ए’ मा मलेसिया, श्रीलंका, चीन र युएई रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपाली टोलीले प्रतियोगिताका लागि हेटांैडामा बन्द प्रशिक्षण गर्ने राखेपले बताएको छ ।

प्रकाशित: १७ चैत्र २०७३ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App