१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

एससई परीक्षा सकेका विद्यार्थीलाई निःशुल्क संगीत

काठमाडौं- एसईई दिएर बसेका विद्यार्थीलाई संगीतकार विकास चौधरीले निःशुल्क संगीत तथा गायनको प्रशिक्षण दिने भएका छन्। परीक्षाफल प्रकाशित नभएसम्म संगीतमा रुचि राख्ने विद्यार्थीलाई उनले निःशुल्क प्रशिक्षण दिनेछन्।

संगीत सिक्न चाहने विद्यार्थीले शान्ति इन्टरटेन्मेन्टको पुतलीसडकस्थित कार्यालयमा सम्पर्क गर्न सक्ने संगीतकार चौधरीले बताए। 'एसईई दिएर बसेका विद्यार्थीको फुर्सदको समय सदुपयोग होस् भनेर निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाएका हौँ,' उनले भने।

एकमहिने प्रशिक्षणबाट उत्कृष्ट हुने विद्यार्थीलाई एउटा गीत पनि रेकर्ड गराइदिने संगीतकार चौधरीले बताए। यसले उनीहरूलाई संगीत क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उनको बुझाइ छ।

फिल्म र आधुनिक गीतसंगीतको क्षेत्रमा क्रियाशील संगीतकार चौधरीले सयौँ गरिब तथा जेहेनदार विद्यार्थीलाई आफ्नो पाठशालयमा निःशुल्क प्रशिक्षण दिइसकेका छन्।

प्रकाशित: १७ चैत्र २०७३ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App