१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विवेकशीलले खुला उम्मेदवार नीति अपनाउने

काठमाडौं- विवेकशील नेपाली दलले आगामी स्थानीय निर्वाचनमा खुला उम्मेदवार नीतिअनुरूप उम्मेदवार छनोट गर्ने भएको छ। सो नीतिअनुसार दलले उम्मेदवार छनौटमा भाग लिन चाहाने आकांक्षीले पार्टीको वेबसाइटमा गई फाराम भर्न सक्ने जनाएको छ। 

पहिलो चरणमा काठमाडौं महानगरपालिकामा उक्त  नीति लागू गरिने पार्टीले जनाएको छ।  पहिलो चरणमा निर्णायक समितिले आवेदन दिने सम्भावित उम्मेदवारको पृष्ठभूमि, महानगरपालिकाको विकासको कार्ययोजनासँग सम्बन्धित भिडियो र अडियोका आधारमा मूल्यांकन गरी प्रारम्भिक सिफारिस गर्नेछ।

प्रकाशित: १७ चैत्र २०७३ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App