१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधान सेनापति र भारतीय स्थल सेनाध्यक्षबीच भेटवार्ता

काठमाडौँ – प्रधानसेपति राजेन्द्र क्षेत्री र भारतका स्थल सेनाध्यक्ष जर्नल विपिन रावतबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।     

उक्त भेटघाटका क्रममा प्रधान सेनापति र भारतका स्थल सेनाध्यक्षबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो । उक्त छलफल पश्चात् भारतीय सेनाध्यक्षले नेपाली सेनाका पि.एस.ओज्. रथीवृन्दहरुसँग समेत भेटघाट गरेका थिए ।

भेटघाट पश्चात् जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रमबीच भारतीय सेनाध्यक्षले प्रधान सेनापतिलाई विभिन्न प्रजातिका ७ वटा घोडाहरु हस्तान्तरण गरेका थिए । यसअघि उनले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरेका थिए भने जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । 
 

प्रकाशित: १६ चैत्र २०७३ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App