१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जापानको सम्भावना बलियो

साइटामा (एएफपी)– लेस्टर सिटीका स्ट्राइकर सेन्जी ओकाजाकीले ५०औं गोल गरेको दिन मंगलबार जापानले थाइल्यान्डमाथि ४–० को विजय हासिल गर्दै लगातार छैटौं पटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएकोे छ।
एसियन छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ मा रहेको जापानलाई सिन्जी कागावाले आठौं मिनेटमा अग्रता दिएका थिए । त्यसको ११ मिनेटपछि हेडमार्फत गोल गरेपछि ओकाजाकीले अग्रता दोब्बर पार्दै पचासौं अन्तर्राष्ट्रिय गोल पूरा गरे । १ सय ८ खेलमा ओकाजाकीले कोसेढुंगा बनाउँदा जापानले खेल आफ्नो पक्षमा पारिसकेको थियो । युया कुबो र माया योसिदाले दोस्रो हाफमा थप १÷१ गोल गरे भने गोलकिपर इजी कावासिमाले पेनाल्टी बचाएका थिए । कुबोले गोल ५७औं मिनेट गोल गरे भने खेल सकिन ७ मिनेट बाँकी छँदा योसिदाले अर्को गोल थपेका थिए ।
जितपछि ७ खेलबाट १६ अंक जोडेको जापान पहिलो स्थानमा छ । एक खेल कम खेलेको साउदी अरब १३ अंकका साथ दोस्रो स्थानमा छ । प्रत्येक समूहबाट शीर्ष २ टोली रूसमा हुने विश्वकप फुटबल २०१८ मा छनोट हुनेछन् ।
‘खेलाडीहरूलाई सानदार जितका लागि बधाई छ,’ जापानका प्रशिक्षक भहिद हालिहोन्डजिकले भने, ‘यो खेल सहज थिएन । तर पनि हामीले राम्रो प्रदर्शन गर्दै महŒवपूर्ण ३ अंक पक्का ग¥यौं । हामीले चारवटा सुन्दर गोल ग¥यांै । जुन महत्वपूर्ण पक्ष हो । तर, हामी विश्वकप छनोटमा सहज स्थानमा भए पनि हामीले तीन महत्वपूर्ण खेल खेल्न बाँकी छ ।’
समूह ‘बी’ कै अर्को खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई तनावपूर्ण खेलमा २–० ले हराउँदै अस्ट्रेलियाले पनि विश्वकप यात्राको सम्भावना कायम राखेको छ । महŒवपूर्ण खेलमा अस्ट्रेलियाका लागि ज्याक्सन इर्भिन र म्याथ्यु लेकीले समान १÷१ गोल गरे ।
इर्भिनको गोलमा अस्ट्रेलियाले सातौं मिनेटमा अग्रता लिएको थियो । ७८औं मिनेटमा म्याथ्युले अग्रता दोब्बर पारे ।
तनावपूर्ण खेलमा रेफ्रीले ४२ फाउल लिएका थिए भने ५ पहेँलो कार्ड देखाएका थिए । तथापि रेफ्रीले ८०आंै मिनेटसम्म कार्ड देखाएका थिएनन् । त्यसमध्ये अस्ट्रेलियाले २६ फाउल गरेको थियो ।
१७औं मिनेटमा  एसियन युवा खेलाडी घोषित ओमर अब्दुल रहमानको प्रहार विपक्षी गोलकिपर म्याट रायनले बचाएपछि युएईले खेलमा फर्केने मौका खेर फालेको थियो ।
समूह ‘बी’ को अस्ट्रेलिया ७ खेलबाट १३ अंकका साथ तेस्रो स्थानमा छ । युएई ९ अंकका साथ चौथो स्थानमा छ । हारपछि युएईका प्रशिक्षक महदी अलीले पदबाट राजीनामा दिएका छन् ।
समूह ‘ए’ मा इरानसँग १–० ले पराजित भएपछि चीनको विश्वकप खेल्ने आशा कमजोर  बनेको छ । मेहदी टरेमीले ४६औं मिनेटमा गरेको गोल इरानको जितमा निर्णायक बन्यो । ७ खेलबाट १५ अंक जोडेको इरान शीर्ष स्थानमा छ । समान खेलबाट १३ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले सिरियालाई १–० ले हराएको थियो । जोङ हु होङले चौथो मिनेटमा गरेको गोल दक्षिण अफ्रिकाको जितमा पर्याप्त रह्यो । समूह ‘ए’ मै उज्वेकिस्तानले कतारलाई १–० ले पराजित ग¥यो । उज्वेकिस्तानका लागि ओडिल अखमेदोभले ६६औं मिनेटमा गोल गरेका थिए । उज्वेकिस्तान १२ अंकका साथ तेस्रो स्थानमा छ भने ८ अंकको सिरिया चौथो स्थानमा छ । ५ अंक जोडेको चीन पाँचौ स्थानमा छ भने कतार ४ अंकका साथ पुछारमा छ ।

 

प्रकाशित: १६ चैत्र २०७३ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App