यसपालिको चुनावमा

मङ्गलबार, १५ चैत २०७३, ०९ : ०५ जगन्नाथ लामिछाने

0


देश चुनावमय बन्दै गइरहेको छ। हरेक दिनजसो 'यसपालिको चुनावमा भोट हामीलाई दिनुपर्छ' भन्ने सन्देश प्राप्त हुन् थालेका छन्। झन्डै २ दुई दशकपछि हुन् लागेको स्थानीय तहको निर्वाचन हरेक दृष्टिकोणले फरक हुनेछ। पहिलो, नयाँ संरचनामा निर्धारित स्थानीय तहको निर्वाचन हुँदैछ। दोस्रो, यसपालिको निर्वाचनमा महिला, दलित, जनजातिलगायत सीमान्तकृत समुदायको ७० प्रतिशतभन्दा बढी प्रतिनिधित्व हुनेछ। तेस्रो, पुराना राजनीतिक दलहरूसँगै नयाँ आकांक्षा र उद्देश्य बोकेका राजनीतिक दल पनि पहिलो पटक दलीय वा स्वतन्त्र हैसियतमा निर्वाचनमा सहभागी हुनेछन्। चौथो, अब कार्यान्वयनमा आउने स्थानीय तह धेरै नै साधन स्रोत सम्पन्न स्थानीय सरकारका रूपमा स्थापित हुनेछ।

एउटैमा बसेर काम गर्ने प्रयास असफल भएर छुट्टाछुट्टै पार्टी बनिसकेपछि चुनावको मुखमा आएर एउटै पार्टी बनाउने प्रयास गर्नु समयको बर्बादीमात्र होइन, मुर्खता पनि हुन्छ।

लामो राजनीतिक परिवर्तनको लडाइँमा विभिन्न समयमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक दल, जस्तै– नेपाली कांग्रेस, एमाले, माओवादी, मधेसकेन्द्रितलागायत भर्खरै राजनीतिक मैदानमा उत्रिएका दलबीच हुने एकापसको प्रतिस्पर्धाले स्थानीय तहको निर्वाचनलाई रोमाञ्चित बनाउनेछ। पुराना राजनीतिक दलप्रतिको चरम वितृष्णा तथा पूर्णरूपमा विश्वास गर्न सकिने परिपक्व नयाँ नेतृत्व विकास नभइसकेको सन्दर्भमा मतदाताहरूले यो चुनावमा अन्योल झेल्नुपर्नेछ।

पुराना राजनीतिक दलहरूको तुलनामा ठूलो आकांक्षा बोकेका नयाँ राजनीतिक दलहरूका लागि स्थानीय तहको चुनाव निकै नै चुनौतीपूर्ण हुने देखिन्छ। नयाँ दलहरूको राजनीतिक चुनावी आधारक्षेत्र बनिसकेका छैनन्। स्थानीय तहमा घुलमिल भएर काम गरेका अनुभवी नेतृत्वको नयाँ दलमा ठूलो अभाव हुनु स्वाभाविक हो। चुनाव नै जित्न नसकेको खण्डमा नयाँ राजनीतिक दलहरूको अस्तित्व कागज र सामाजिक सञ्जालमा मात्र सीमित रहन्छ।

यो सन्दर्भमा यसपालिको स्थानीय तहको चुनावमा नयाँ अस्तित्वमा आउन खोजेका राजनीतिक दलहरूले धेरै नै दुःख गर्नुपर्ने देखिन्छ। नयाँ दलबीच राजनीतिक एकता भए त राम्रो तर चुनावलाई आफ्नो पक्ष्यमा पार्नका लागि सबै दलबीच एकता हुनैपर्छ भन्ने पनि छैन। एउटै पार्टीमा बसेर काम गर्ने प्रयास असफल भएर छुट्टाछुट्टै पार्टी बनिसकेपछि चुनावको मुखमा आएर एउटै पार्टी बनाउने प्रयास गर्नु समयको बर्बादीमात्र होइन, मुर्खता पनि हुन्छ। त्यसैले छोटो समयलाई ध्यानमा राखेर नयाँ राजनीतिक दलबीच साझा रणनीति निर्माण गर्नु आवश्यक देखियो।

नयाँ राजनीतिक दल मिल्दैनन्, यिनीहरूमा राजनीतिक चेतना छैन, यिनीहरू राजनीति गर्नै सक्दैनन् जस्ता विचार पुराना राजनीतिक दलका नेताले बारम्बार सञ्चारमाध्यममार्फत फैलाइरहन्छन्। नयाँ राजनीतिक दलहरूको बारेमा जतिसक्दो नकारात्मक हल्ला फैलाउन सक्यो त्यो पुराना दलको हितमा हुन्छ भन्ने कुरा उनीहरूलाई राम्रोसँग थाहा छ। नयाँलाई खराब भनेर बदनाम गर्दा पुरानाले आफ्ना सबै कर्तुत लुकाउन सक्छन्। सार्वजनिक सञ्चारमाध्यम पनि जानेर वा नजानेर पुराना राजनीतिक सोचको प्रयोग गर्ने माध्यम बनेका छन्।

नयाँ राजनीतिक सोच, संस्कार र कार्यशैलीबारे धेरै चर्चा भए पनि यो कस्तो हुन्छ भनेर व्यवहारमा अहिलेसम्म देख्न नपाउँदा नयाँहरूप्रति शंका हुनु स्वाभाविक पनि हो। त्यसैले यसपालिको चुनाव पुराना राजनीतिक दल तथा नेताहरूका लागि भन्दा नयाँका लागि आफूलाई प्रमाणित गर्ने ठूलो अवसर हो।

स्थानीय तहको निर्वाचन घोषणा भइसकेको सन्दर्भमा नयाँ राजनीतिक संस्कारको विकासमा प्रतिबद्ध राजनीतिक दलबीच चुनावी मोर्चा निर्माण गर्नुपर्‍यो। नयाँ दलहरू एक्लै चुनावमा जानु भनेको राजनीतिक लहडमात्र हुनेछ। आममतदाताको विश्वास जित्न तथा राजनीतिक परिपक्वता देखाउनका लागि पनि नयाँ राजनीतिक संस्कार र पद्धतिका पक्षधरबीच राष्ट्रिय चुनावी मोर्चाको निर्माण आवश्यक छ। नयाँ राजनीतिक दलहरू आफू आफू पनि मिलेर चुनावमा नजाने साथै सामूहिकरूपमा राष्ट्रिय चुनावी अभियान पनि सञ्चालन नगर्ने हो भने यसले आममतदातामा सकारात्मक सन्देश दिने छैन।

नयाँ राजनीतिक दलहरू एकै ठाउँमा उभिएर चुनावी मोर्चा घोषणा गरिसकेपछि यसले ठूलो सम्भावनाको ढोका खोल्नेछ। आफू–आफूबीच मिल्न सक्नु आफूले उठाएका समान मुद्दामा सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नु पनि हो। राजनीतिकरूपमा नयाँ सोच बोकेका दलहरू एउटै मोर्चामा आबद्ध भएपछि, दलगत राजनीतिभन्दा बाहिर बसेका तर देशमा थिति अनि विधिको शासन चाहने ठूलो समूहका लागि मोर्चालाई साथ दिन सहज हुन्छ।

उदाहरंणका लागि, साझा पार्टी, विवेकशील वा हाम्रो पार्टीको कार्यक्रममा जान असजिलो महसुस गर्नेहरूका लागि नयाँ दलको मोर्चाले आयोजना गर्ने अभियान वा कार्यक्रममा साथ दिन सजिलो हुन्छ। मोर्चा जहिले पनि मुद्दाकेन्›ित र पार्टीभन्दा माथि हुन्छ।  मोर्चा निर्माण गरेर अगाडि बढ्दा नयाँ दलहरूको स्वीकार्यता हुन्छ। एउटा पार्टीको स्वतन्त्र उम्मेद्वार भन्दा मोर्चाले स्वतन्त्ररूपमा राम्रा मान्छे स्थानीय निर्वाचनमा उम्मेद्वार उठायो भने जित्ने सम्भावना पनि बढी हुन्छ। आमसर्वसाधारणले दैनिक जीवनमा चाहेको परिवर्तनलाई केन्›मा राखेर चुनावी अभियान सञ्चालन गर्दा समाजका सबै वर्ग र तप्काका मानिस जोड्न सजिलो हुन्छ।

नेपालमा पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीसँग आक्रोशित जमात निकै नै ठूलो छ। यो समूह कर्मचारीतन्त्र, पेशा, व्यवसायी, सर्वसाधारणलगायत सबै क्षेत्रमा व्याप्त छ। यसपालिको चुनावमा यो समूहलाई जोड्ने सेतु चाहिएको छ। पारदर्शी र समावेशी मोर्चा निर्माण गरेर नागरिक समाज, पेशाकर्मी, निजी क्षेत्र, मिडियालगायत सुसंस्कृत राजनीति देख्न चाहने सबै पक्षलाई एउटै मुद्दामा समेट्न सकिन्छ। स्थानीय चुनावलाई व्यक्त्ति वा पार्टीको हार–जीतका रूपमा भन्दा पनि सर्वसाधारणको दैनिक जीवनमा असर पर्ने मुद्दाहरूको हार–जीतका रूपमा स्थापित गर्ने राष्ट्रव्यापी अभियान अहिले आवश्यक छ।

हामी अहिले कानुनबिहीनता, बेथिति र चरम असमानताको अवस्थाबाट गुजि्ररहेका छौ। दण्डहीनताको स्थितिले गर्दा आमसर्वसाधारण भयभित वातावरणमा बाँच्न विवश छन् भने भ्रष्टाचार खुला र संस्थागत बनेको छ। यो सबै बेथितिको मूल कारक राजनीतिक दल र त्यसका सञ्चालक केही दर्जन नेता हुन्। व्यक्तिगत वा सानो समूहको प्रयासले यसका कारक तत्वहरूलाई ठेगान लगाउन सम्भव छैन। बृहत् राष्ट्रिय मोर्चामार्फत नै यिनीहरूलाई ठेगान लगाउन सकिन्छ।

नयाँ राजनीतिक सोच र संस्कार राख्ने दलहरूले बोकेका साझा मुद्दाबीच सहकार्यको कुरा उठ्यो भने यस्ता प्रयासविरुद्ध नकारात्मक धारणा फैलाएर यसलाई भाँड्ने प्रयास सबैभन्दा पहिला पुराना राजनीतिक दलका सञ्चालकले नै गर्नेछन्। पुराना दलहरूको विकल्पका रूपमा खडा हुन् सकेको दिन कुनै पनि तहको चुनावमा नयाँ राजनीतिक पक्षले सजिलै २ तिहाई मत पाउनेछ। एक्लाएक्लै बोकेको महत्वाकांक्षाले यो सम्भव हुँदैन तर समान लक्ष्यमा राष्ट्रिय मोर्चा निर्माण गरेर अगाडि बढ्दा यो छोटो समयमै सम्भव हुन सक्छ।

मलाई रवीन्› मिश्र, उज्ज्वल थापा वा रु› पाण्डेको पार्टीलाई भोट दिनुहोस् भनेको सुन्न मन छैन। उनीहरूले बोकेका समृद्ध नेपालको मुद्दाहरूलाई समर्थन गर्दै यसका लागि नयाँ राजनीतिक विचार, संस्कारका पक्षधर हामी एकै ठाउँमा उभिएर हातेमालो गरिरहेका छौँ भनेको सुन्न मन छ। यसपालिको चुनावलाई जीवन्तता दिनका लागि पनि नयाँ राजनीतिक विचार र संस्कारका पक्षधरबीच मोर्चाबन्दी आवश्यक छ। समय घर्केपछि पछुताउन नपरोस्।







यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...