१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घोडेजात्रामा पहिलोपटक महिला घोडसवार

काठमाडौं- नेपाली सेनाले वर्षौदेखि आयोजना गर्दैआएको घोडेजात्राको घोडसवारमा सोमबार पहिलो पटक सैनिक महिलाले सहभागिता जनाएकी छिन्। नेपाली सेनाले घोडेजात्राको अवसरमा प्रर्दशन गरेको शो-जम्पमा महिला सैनिक सिपाही हरीकुमारी गुरुङले सहभागिता जनाएकी हुन्।

घोडेजात्राका अवसरमा वर्षेनी सेनाले अश्वकलाका विविध पक्ष र महत्व झल्कने प्रर्दशनी आयोजना गर्दैआएको छ।

सेनाको क्याभलरी गणमा घुडसवारसम्बन्धी तालिम लिएकी गुरुङको प्रर्दशन आर्कषक तर जोखिमपूर्ण रहेको थियो। सेनामा महिलाको प्रतिधित्व बढाउने प्रधानसेनापतिको तीनवर्षे योजनाअनुसार यसपटक घोडसवारमा महिला सैनिकको प्रतिनिधित्व गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

घोडेजात्राका अवसरमा वर्षेनी सेनाले अश्वकलाका विविध पक्ष र महत्व झल्कने प्रर्दशनी आयोजना गर्दैआएको छ। यसपटक घोडेजात्राका अवसरमा टुँडिखेलमा राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड, साईकल रेश र डगशोको प्रर्दशनी भएको थियो। यस्तै,  घोडाको विकासक्रम झल्कने प्रदर्शनी कार्यक्रमको आकर्षण बन्यो। नियमित हुने शो–जम्प, क्याभलरी राईड, टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स एण्ड रिङ्ग, स्वर्ड एण्ड लेमन, लान्स हिट प्याग, लान्स सुईरो र क्रिज, हर्ष बल, भल्टिङ्ग, सिक्स वार/रेन फ्रि जम्प, म्युजिकल राइड, टि्रक राइड, क्रसकन्ट्री र डग अब्स्टे्रकल प्रदर्शन गरिएको थियो।

निर्देशनालयका अनुसार घोडेजात्रामा भएको म्यूजिकल राइड प्रतिस्पर्धामा घोडसवार उपसेनानी सरोज पुडासैनी प्रथम र घोडसवार उपसेनानी पशुराम पाण्डे द्वितिय भएका छन्। शो–जम्पमा घोडसवार हुद्वालाल बहादुर कुँवर प्रथम र घोडसवार करणकुमार चौधरी द्वितिय भएका छन्। पुरस्कृतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शिल्ड तथा प्रमाण्पत्र प्रदान गरेकी छिन्।

 प्रधानमन्त्रको सहभागिता नरहेको घोडेजात्रा

नेपाली सेनाले मुख्यअतिथिबिना नै यस वर्षको घोडेजात्रा सम्पन्न गरेको छ। सेनाले वर्षेनी आयोजना गर्ने घोडेजात्राका मुख्यअतिथि प्रधानमन्त्री रहने गर्छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशबाहिर भएको र कार्यवाहक प्रधानमन्त्री नतोकिएको कारणले घोडेजात्रामा तीनजनामध्ये कोही उपप्रधानमन्त्री सहभागी भएनन्।

सेनाले टँुडिखेलमा रहेको सैनिकमञ्चको अग्रस्थानमा प्रमुख अतिथि सेनाका परमाधिपति राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशका लागि स्थान छुट्याएको हुन्छ। यसपटक उक्त स्थानमा राष्ट्रपति भण्डारी,  उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानन्यायाधीश सुशिला कार्की मात्र उपस्थित रहे।

घोडेजात्राको इतिहास

प्रत्येक वर्ष गुरुमापा नामको दैत्यबाट मुक्ति पाएको सम्झनामा  टुँडिखेलमा घोडेजात्राको आयोजना हुने गरेको छ।

किम्बदन्तीअनुसार  टुँडिखेलको पूर्व दक्षिणको रुखमा रहेको गुरुमापाले मानव बस्तीमा दुःख दिने तथा बालबालिका खाइदिने गरेकाले सो दैत्यलाई घोडाको टापले कुल्चेर मारिएको सम्झनामा यो पर्व मनाउने गरिन्छ। सेनाले १९०६ मा घोडचढी सैनिक दल स्थापना गरेपछि अश्वकलालाई संस्थागत र व्यवहारिक प्रयासको सुरुवात भएको मानिन्छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार तत्कालीन राजा सुरेन्द्रविक्रम शाह तथा प्रधानमन्त्री जंगबहादुर राणाका पालामा रिसल्ला नामबाट घोडचढी सैनिक टुकडी स्थापना गरिएको थियो। नयाँसडकस्थित भूगोलपार्कमा घोडा तबेला स्थापना गरिएको थियो।

चाँगुनारायणस्थित अभिलेखमा नेपालमा  पाँचौं शताब्दीदेखि नै घोडचढी सैनिक भएको उल्लेख छ। त्यति बेला नेपालमा उत्तर–पश्चिम तथा तिब्बतबाट घोडा आयात हुने गरेको इतिहास भेटिन्छ। १४औं शताब्दीको प्रारम्भबाटै घोडचढी सैनिक प्रयोग हुने गरेको नेपाली सेनाकी मेजर बुद्धकुमारी थेबे बताउँछिन्। १६औं शताब्दीमा पाल्पाली राजा मुकुन्द सेनले नेपाल आक्रमण गर्दा असंख्य घोडचढी सैनिक प्रयोग गरेको पार्वती वंशावलीमा उल्लेख छ।

प्रकाशित: १५ चैत्र २०७३ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App